Published On:Sunday, March 8, 2015
Posted by my storry
निजी वनको नयाँ बहस शुरु
फाल्गुण, २४
फोटो निजी वन किसानहरुको राष्ट्रिय सम्मेलन सचिवालय
आफ्नो जग्गामा लगाएको वनको सुरक्षा र उपभोगको अधिकार माग गर्दै नेपालमा पहिलो पटक निजी वन किसानहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
फोटो निजी वन किसानहरुको राष्ट्रिय सम्मेलन सचिवालय
देशभरीका ५० जिल्लाका प्रतिनिधि संलग्न सम्मेलनले नेपालमा निजी वनका समस्या र किसानका अधिकारमाथी छलफल गरेको थियो ।
जोगराज गिरीको संयोजकत्वमा १५ सदस्यीय निजी वन महासंघ तदर्थ समिति गठन भएको छ । समितिको महासचिवमा पिताम्बर सिग्देल छन् ।
समितिमा आफ्नो घरबारीमा रुख विरुवा तथा निजी वनमा जंगल भएका विभिन्न पेशा र व्यवसायका किसानहरु संलग्न छन् ।
आफ्नो खेतबारीमा रुख विरुवा तथा जडिबुटी भएका किसानले यस्ता वनको संरक्षण र विस्तारको अभियान थाल्ने प्रतिबद्धतासमेत सम्मेलनले व्यक्त गरेको छ ।


