Published On:Wednesday, April 8, 2015
Posted by dadad

६० र ४० को भागबण्डा तोड्छुः शेखर

जुम्ला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा तोडेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

राजनिती गर्ने व्यक्तिले समाज परिवर्तन गर्न सक्दैन र दूरदराजमा बस्ने जनताको मूहारमा खूशी ल्याउँन सक्दैन भने त्यो राजनितीको कूनै अर्थ नहूने उनले बताए ।

कोईरालाले आन्तरिक गूटबन्दी र ६० र ४० को भागबण्डाले नेपाली काँग्रेसका आम कार्यकर्ताको शिर झूकेको बताए ।

नेपाली काँग्रेस जूम्लाले खलंगामा गरेको कार्यकर्ता भेलामा उनले कार्यकर्ताले आफूलाई साथ दिए आसन्न महाधिवेसनमा ६० र ४० को भागबण्डा तोड्ने उनले दाबी गरे ।

फरक प्रशंगमा उनले माओबादीहरू नै संघियता विरोधी भएकाले संघियता भाँड्न लागी परेको आरोप लगाए ।

सहमतीका नाममा अब राष्ट्रलाई बन्धक बनाउन नहूने भन्दै उनले प्रक्रिया मार्फत भएपनी संविधान सभाबाट संविधान जारी गर्नूपर्ने बताए ।

0 comments for "६० र ४० को भागबण्डा तोड्छुः शेखर"

Leave a reply

    Popular Posts

    Blog Archive