Published On:Sunday, April 12, 2015
Posted by Unknown
एमाले नेता मोस्ट वान्टेड सूचीमा
३० चैत्र, जनकपुरधाम एमाले पोलिटब्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड
सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ । राजधानी दैनिकमा समाचार छ । एमाले
नेता यादवमाथि ज्यान मार्ने मुद्दा दायर गरिएको छ ।
गत चैतमा धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक
विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा २ जनाको हत्या भएको
थियो । सो घटना भएदेखि फरार रहेका यादवलाई पक्राउ गर्न प्रहरीले विभिन्न
स्थानमा छापा मारेको थियो ।


