Published On:Sunday, April 12, 2015
Posted by Unknown
निजी विद्यालयमा शुल्क २२ प्रतिशत बढ्यो
३० चैत्र, काठमाण्डौ अभिभावकको दबाबलार्इ बेवास्ता गर्दै काठमाडौं जिल्ला शिक्षा कार्यालयले
निजी विद्यालय सञ्चालकलार्इ विद्यार्थीको मासिक शुल्कमा २२ प्रतिशत बढाउन
अनुमति दिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
काठमाडौं जिल्ला शिक्षा कार्यालयमा आइतबार बसेको शुल्क निर्धारण समितीको
वैठकले स्कुललार्इ २२ प्रतिशत शुल्क बढाउने अनुमति दिएको हो। जिल्ला शिक्षा
अधिकारी अध्यक्ष र निजी विद्यालय सञ्चालकका प्रतिनिधी संस्था प्याब्सन, एन
प्याब्सन, अभिभावक संघ लगायतका संस्थाका प्रतिनिधि सदस्य रहने समितिले
शुल्क बढाउने निर्णय गरेका हुन्।
एकै पटकमा भारी शुल्क वृद्वि हुने भएपछि अभिभावकलार्इ निजी विद्यालयमा
छोराछोरी पढाउन निकै कठिन हुने देखिएको छ। सर्वोच्च अदालतले एक पटक शुल्क
बढाएपछि अर्को तीन वर्षसम्म नबढाउन २०६९ मा निर्देशन दिएपछि भारी शुल्क
बढाउनुपरेको निजी विद्यालय सञ्चालकले दावी गरेका छन्।



