Published On:Sunday, April 12, 2015
Posted by dadad

हिरासतबाटै एसिड काण्डका दोषी जीवनले लेखे पत्र (पत्रसहित)


काठमाडौं । चर्चित एसिड काण्डका दोषी जीवन वि.क. ले महानरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतभित्रैबाट दुईवटा पत्र लेखेका छन् ।

खबरडबलीले प्राप्त गरेका दुई पत्रमध्ये एउटामा चैत १५ को मिति उल्लेख छ भने त्यसको दुईदिन पछि अर्को पत्र लेखेका छन् ।  पत्रमा कसैलाई सम्बोधन गरिएको छैन । तर, भाषा पत्र लेखिएजस्तै छ ।


प्रस्तुत छ, उनले लेखेका दुई पत्र जस्ताको तस्तै:
पहिलो पत्र
जब हामी मिति २०६९–२–२२ गते झोँछे अर्थात संगिताहरु बसेको कोठामा आइपुग्यौँ त्यसपछि हाम्रो चिनजान सुरु भयो भेटेको ५–७ दिनपछि नै हामी नजिकियौँ अनि संगिताकी आमा चमेली मगरले मलाई संगितालाई ट्युसन पढाउन अनुरोध गरिन् त्यसपछि मैले संगितालाई गणित, अंग्रेजी, विज्ञान आदि विषयहरु निःशुल्क पढाउन थालेँ । एक महिनापछि हामी बिच माया गाढा हुँदै गयो । हामी सँगै खाने, सँगै बस्ने, संगिता र म एक अर्काप्रति धेरै माया गर्ने भयौँ । हामीबिच शारिरिक सम्पर्कबाहेक अरु सबै भयो । ६–७ महिना पछि मेरो जात दलित भनेर थाहा पाएपछि संगितालगायत उसको परिवारले मलाई कामी दमाई भनेर हेप्ने जिस्काउने अनि अभद्र व्यवहारसमेत गरे । त्यहि पनि संगिता र मेरो प्रेमसम्बन्ध गोप्य रुपले अगाडि बढिरह्यो । जुनदिन संगिता र उसको परिवारले मेरो जातको बारेमा थाहा पाए, त्यहिबेलादेखि हाम्रो प्रेममा तुसारापात भयो । २०७०–७–१२ गते राती मलाई कुटियो, ज्यान मार्ने धम्की दिइयो र प्रहरीलाई खबर गरेँ तर प्रहरीले जर्बजस्ती मुद्दा मिलायो र जातिको कुरा गरेन । चमेली आन्टीको प्रेमीले मलाई बाहिरै मार्छु भन्यो । म पिडितलाई प्रहरीले पनि न्याय नदिएकाले र समाजले जातीय भेदभाव गरेकाले मैले आवेगमा आएर बदला लिएको हुँ । मैले संगितालाई मार्न होइन, उसको घमण्ड तोड्न मात्र यस्तो गरेको हुँ तर यसले ठूलो रुप लियो । मैले जिन्दगीमा दुखैदुःख पाएँ, मलाई समाजले अपराधी बनायो । म एक राम्रो विद्यार्थी थिएँ । त्यहि पनि अब फेरि कानुन पढेर राम्रो वकिल बनेर मजस्तो जातीय पिडितका लागि वकालत गर्न चाहन्छु । अनि मैले संगितालाई मात्र एसिड हान्या छु तर सीमा बस्नेतलाई पनि परेकोमा क्षमा माग्न चाहन्छु । सीमा, म माफीको लायक त छैन तर तिमिलाई नखाएको विष लागयो मलाई माफ गर सीमा ।
तीन घण्टाको फिल्मलाई २ मिनेटको प्रोमोबाट संक्षीप्तमा लेख्ने कोसिस गरेको छु । अरु विस्तृत रपमा पछि सेन्टर जेलबाट लेखौँला । म पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छु ।
नामः जीवन वि.क.
हनुमानढोका कारागार
कोठा नः ४
मेरो बारेमा बाँकी विस्तृत रुपमा पछि लेखौँला ।

दोस्रो पत्र
मेरो नाम जीवन वि.क. हो मेरो घर रामेछाप, फूलासी–८ मा पर्छ । म काठमाडौंमा सानैदेखि आएर परिवारका साथ बस्दै पढ्ने गर्ने विद्यार्थी हुँ मैले २–३, झोँछेको विदोदय मा.वि. र ४–१२ सम्म कुपोण्डोलको प्रगती शिक्षा सदन उमाविबाट पास गरेको हुँ बिबिएस पब्लीक युथ क्याम्पसमा पहिलो वर्षमा पढ्दै छु म एक होनहार विद्यार्थी हुँ ।

मेरो एसएलसीमा (७०.७५) र प्लस टु मा ५८ प्रतिशत अंक आएको छ मसँग २४ वटा खेलकुदको सर्टिफिकेट र ८ वटा अतिरिक्त सर्टिफिकेट अनि बाँकी ४ वटा शिल्ड र ६ वटा मेडल प्रगती स्कुल र घरमा छन् । म एक राम्रो विद्यार्थी थिएँ तर मलाई एक्कासी समाजले र मेरो आफ्नो जातिले त्यहाँ पुर्यायो ।

मिति २०६९–२–२२ गते हामी संगिता भएको कोठामा डेरा सर्यौँ त्यसपछि मैले संगिताको आमाको अनुरोधमा संगितालाई गणित, विज्ञान, अंग्रेजीको निःशुल्क ट्युसन पढाएँ त्यसपछि हामीबिच मायाप्रेम चल्यो जुन एक वर्षसम्म राम्रो चल्यो ।

संगिता बिग्रिएकी केटी थिइ अनि त्यसको भाइ पनि तर मैले सुधारेँ, माया गरेँ । पछि मेरो जात वि.क भनेर थाहा पाएपछि मलाई धेरै हेँला गरी संगिताले त्यसको आमाले गर्दा । त्यहि प्रेम जातको कारणले हामीबिच मात्र नभई परिवारै बिच पनि झगडा पर्यो ।

संगिता र म सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने गर्थ्यौँ । तर एक्कासी मेरो जातले गर्दा मलाई उसको आमा, बाले काले कामी, कामीदमाई भएर आफ्नो ठाउँमा बस भनेर हेपे । तर तर संगिताले पनि आमा, बाकै पक्ष लिएर मलाई रुपको घमण्ड गरी ।

मिति २०७०–७–१२ गते राति ७ः३० मा संगिताको भाइ र मेरो झगडा पर्यो । जात र प्रेमको कारणले संतोषले मलाई दिदीसँग प्रेम परेको परिवारलाई भन्दिन्छु भनेर दिनदिनै चुरोट खानलाई पैसा माग्थ्यो । मैले उसलाई एक वर्षसम्म दिनको २० देखि ४० रुपैयाँ दिन्थेँ । पछि पैसा दिन बन्द गरेकाले झगडा भयो ।

संगिता र मेरो पवित्र प्रेममा त्यसको परिवार मेरो जातकै कारण हावि भए । पहिला चाँही वास्तै नगर्ने पछि वि.क भनेर थाहा पाएपछि सबै हेप्न थाले । मिति २०७०–७–१२ गते झगडामा मलाई नराम्ररी संगिताको आमा, बुवा, भाइ, संगिताको आमाको प्रेमी भएर कुटे, समाजमा बेइज्जत गरे । मैले प्रहरीको सहयोग लिएँ तर प्रहरीले पनि उल्टै मलाई नै थुन्यो र सन्तोषलाई पनि । म पिडित थिएँ तर पुलिसले जातिको आधारमा नभएर झगडाको आधारमा मुद्दा मिलायो, मलाई डर देखाएर ।

हो, त्यहि दिनदेखि मैले न्याय नपाएर अब मैले बदला लिने निर्णय गरेर परिवारबाट छुटर बसेँ । मैले २०७१ साल फागुन १० गते एसिड हानेँ तर मैले संगितालाई मार्न चाहेको भने होइन । उसको रुपको घमण्ड तोड्न मात्र एसिड हानेको थिएँ । तर यसले ठूलो रुप लियो । समाजमा जातिका कारणले मलाई समाजले यस्तो अपराधी बनायो ।

सीमा बस्नेतलाई पनि एसिड परेकाले मलाई दुःख लाग्यो । सीमा तपाईंलाई नखाएको विष लाग्यो त्यसका लागि म माफी चाहन्छु । माफीको लायक त छैन त्यहि पनि तपाईंको उज्जवल भविष्यको कामना गर्न चाहन्छु । स्रोत:-खबर डबली

0 comments for "हिरासतबाटै एसिड काण्डका दोषी जीवनले लेखे पत्र (पत्रसहित)"

Leave a reply

    Popular Posts

    Blog Archive