Published On:Sunday, April 12, 2015
Posted by dadad

तीस दलीय गठबन्धनले काम चल्दैन, मधेसीहरुलाई यो मोर्चा चाहिदैनः महतो

काठमाडौं ।  सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीस दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेस केन्द्रीत दलहरु सहभागि नहुने घोषणा गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने–तीस दलीय गठबन्धनले अब काम चल्दैन । मधेसीहरुलाई यो मोर्चा चाहिदैन । 

साक्षात्कारमा महतोले तीस दलीय मोर्चाबाट अब मधेसीले अधिकार नपाउने ठोकुवा गर्दै अब मनोरञ्जन गर्नका लागि मात्रै मोर्चाको बैठकमा नजाने बताए ।

उनले मोर्चाका अध्यक्ष प्रचण्डले के गर्छन आफूहरुलाई मतलब नभएको भन्दै प्रचण्डकै दोधारे चरित्रको कारण मोर्चा औचित्य हिन बनेको आरोप लगाए । 

महतोले मधेसीहरु आफै छुट्टै आन्दोलन गर्न सक्षम रहेकोले आन्दोलनको तयारीमा आफूहरु लागेको स्पष्ट पार्दै अब पनि मधेसीहरुले आरपारको लडाई लड्न नसके अधिकार नपाउने दावी गरे । 

छुट्टै मोर्चा गठन गरेर कठोर संघर्षको अन्तिम तयारी रहेको जानकारी दिदै  विना लडाई केही पनि प्राप्त नहुने निष्कर्समा आफूहरु पुगेको उनले बताए। 

महतोले अबको आन्दोलन उधारो सम्झौतामा नटुङगीने ठोकुवा गर्दै मधेस प्रदेशको भूमि कसैलाई पनि एक ईन्च दिन तयार नरहेको बताए । 

राज्यमाथि आफूहरुलाई रत्ति पनि विश्वास नभएको भन्दै अबको आन्दोलन उधारोमा नभई सहमतिमा टुङगिने ठोकुवा समेत गरे । 

दुई तिहाईको दम्भले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया सुरु गरे आफूहरुको लागि संविधानसभा औचित्यहिन हुने स्पष्ट पार्दै परित्याग गरेकै दिनबाट आफूहरु संविधानसभा छाडेर निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिए । 

महतोले सहमतिमा संविधान जारी गर्ने बाहेकको आफूहरुको कुनै सर्त नभएको स्पष्ट पार्दै संविधानसभाको बैठक सार्ने आफूहरुको प्रस्ताव नभएको स्पष्ट पारे । 

0 comments for "तीस दलीय गठबन्धनले काम चल्दैन, मधेसीहरुलाई यो मोर्चा चाहिदैनः महतो"

Leave a reply

    Popular Posts

    Blog Archive