Published On:Tuesday, April 7, 2015
Posted by Unknown
स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड
२५ चैत, काठमाण्डौ ।
नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार
समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड वितरण गर्ने
भएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र स्वास्थ्थ मन्त्रालयका
सचिव शान्तबहादुर श्रेष्ठबीच यसबारे संझौता भएको छ । कान्तिपुर दैनिकमा
समाचार छ ।
हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लामा कार्यरत २० हजार स्वंयसेविकालाई
सय रुपैयाँको टक भ्यालु भएको २० हजार थान सिमकार्ड वा रिमकार्ड वितरण गर्ने
सम्बन्धमा गत वर्ष संझौता भई वितरण भइरहेको छ ।



