Published On:Tuesday, April 7, 2015
Posted by Unknown
क्षणभरमै खाेसियाे खुसी
२५ चैत, काठमाण्डौ । चारजनाको परिवार पाल्ने आम्दानीको साधन एकाएक आफ्नैअगाडि जलेर खरानी भएपछि ट्याक्सीचालक निरज बानियाँ इन्तु न चिन्तु बने। उनले हारगुहार गरे तर आगो निभाउन कोही आएन। उनले तत्काल प्रहरीमा फोन गर्न पनि सकेनन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
भित्र रहेको मोबाइल पनि ट्याक्सीसँगै जलिरहेको थियो। केही बेरपछि दमकल आएर पानी खन्यायो तर ट्याक्सी कामै नलाग्ने गरी जलिसकेको थियो। ट्याक्सीसँगै उनको खुसी पनि जल्यो।
उनको खुसी क्षणभरमै खरानी बनाएका हुन् एमाओवादीसहित ३० दलीय मोर्चाका कार्यकर्ताले। यात्रुको भेषमा आएका मोर्चाका कार्यकर्ताले ट्याक्सीमा आगो लगाइदिएका थिए।
आफन्तलाई मंगलबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएर फर्कने क्रममा ललितपुरको बालकुमारीमा साढे ४ बजे मोर्चाका कार्यकर्ताले बानियाँको बा।१ज १८७७ नम्बरको ट्याक्सीमा पेट्रोल छर्किएर आगो लगाइदिएका हुन्। मोर्चाले मंगलबार बिहान ५ बजेदेखि आमहडताल र बन्द आह्वान गरेको थियो। तर, आमहडतालको समय सुरु नहुँदै ट्याक्सीमा आगो लगाइयो।
ुबालकुमारीमा दुईजनाले हात दिएर ट्याक्सी रोके, पाटन अस्पताल जाऊँ, कति पैसा लिनुहुन्छ भन्दै थिए। म भित्रैबाट घर हिँडेको, जति दिए पनि हुन्छ भन्दै थिएँ। त्यसै बेला उनीहरूले झोलामा ल्याएको पेट्रोल छर्केर ट्याक्सीमा आगो लगाइदिए।