Published On:Tuesday, April 7, 2015
Posted by Unknown
कास्कीमा नयाँ हिमताल, स्थानीयले तालको नाम कफुचे राखे
२५ चैत, पोखरा । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ। स्थानीय बासिन्दाले यो तालको नाम कफुचे राखेका छन्।
नेपालमा चार हजार पाँच सय मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
कुफुचे हिमताल पर्यटकीय नगरी पोखराबाट करिब ५१ किलोमिटर उत्तरपूर्वमा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०मा पर्ने यो तालसम्म पुग्न सिक्लेसबाट दुई दिनको पैदलयात्रा गर्नुपर्छ। सिक्लेस पोखरादेखि ३९ किलोमिटरको दूरीमा पर्छ।स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको खस्नु र ‘चे’ भनेको समथर भाग भन्ने हुन्छ।
यिनै तीन अक्षरको अर्थबाट स्थानीयवासीले यसको नाम कफुचे ताल राखेका हुन्। संरक्षणकर्मी डा। हुम गुरुङले हाल ताल बनेको क्षेत्र दुई दशकअघिसम्म समथर मैदान भएको बताए। ‘पहिला यो ठाउँ समथर जमिन थियो।
त्यही मैदानमा हिमालबाट हिउँको थुप्रो आएर जम्मा भयो’, उनले भने, ‘पहिला भेडीगोठका गोठाला हिउँको थुप्रोमा टेकेर हिँडडुल गर्थे। विस्तारै गर्मी बढेकाले त्यही थुप्रो पग्लिएर तालमा परिणत भएको हो।’
ताल बन्न झन्डै १० वर्ष लागेको उनले बताए। तालको लम्बाइ चार सय मिटर, चौडाइ तीन सय मिटर र गहिराइ ४० मिटर रहेको जापानी अनुसन्धानकर्ता डा। जिरो कोमोरिलको अनुसन्धानले देखाएको छ।
पार्चे गाविसका पूर्वअध्यक्ष मनप्रसाद गुरुङले सरकारले चासो नदिँदा यो हिमतालको संरक्षण र पर्यटन प्रवद्र्धनको काम हुन नसकेको बताए। ‘तालसम्म जान बाटो छैन’, उनले भने, ‘मुढा तेर्र्याएर बनाएको पुलबाट जानुपर्छ।
वर्षामा त्यो पनि बाढीले बगाउँछ। तालसम्म पुग्ने बाटो नै बन्द हुन्छ।’ उनले तालसम्म पुग्न बाटो र तीन स्थानमा तत्काल झोलुंगे पुल बनाउनुपर्ने आवश्यकता औंल्याए।
संरक्षण व्यवस्थापन समिति सिक्लेसका अध्यक्षसमेत रहेका मनप्रसादले कफुचेबाट हिउँचितुवा, झारल, कस्तुरी, डाँफे, मुनाल पनि हेर्न सकिने बताए। विविध आकर्षणले यो पर्यटकीय गन्तव्यका लागि निकै उपयुक्त भएको उनले बताए।
विश्वमै कम उचाइमा रहेको कफुचे तालका बारेमा स्थानीय प्रशासन र पोखरेलीलाई पनि थाहा नहुनु दिक्कलाग्दो विषय भएको उनले बताए।
कफुचे हिमतालबारे हालै जानकारीमा आएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बताए। ‘नेपालमा तीन हजारभन्दा बढी हिमताल छन्’, उनले भने, ‘२१ वटा हिमताल जोखिममा छन्।
कफुचे तालको अध्ययन गरी तत्काल संरक्षणको काम गरिनेछ।’ पृथ्वीको तापक्रम बर्सेनि बढ्दै गएकाले हिमताल बन्ने क्रम पनि बढेको उनले बताए।
सिक्लेस पार्चे होटल व्यवस्थापन समितिका सचिव धनप्रसाद गुरुङले कफुचे हिमताल हेर्न फाट्टफुट्ट पर्यटक आउने गरेका बताए। ‘बाटो नभएकाले भीरपाखामा लड्दै जानुपर्ने अवस्था छ’, उनले भने, ‘हिँड्दा जतिसुकै दुस्ख पाए पनि तालमा पुगेपछि यात्रुखुसीले फुरुंग हुन्छन्।’
एक्यापका पर्यटन अधिकृत नरेन्द्र लामाले यो नयाँ हिमतालबारे विस्तृत अध्ययन हुन बाँकी रहेको बताए।
कास्कीका स्थानीय विकास अधिकृत तारानाथ अधिकारीका अनुसार कास्कीमा अहिलेसम्म नौवटा तालमात्र रहेको अभिलेख छ। उनले पार्चेमा नयाँ हिमताल बनेको जानकारीमा आएको बताए।