Published On:Tuesday, April 7, 2015
Posted by Unknown
भारतको पुणेमा पनि पुशपतिनाथ मन्दिर बन्ने
२५ चैत, काठमाडौं । एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन गरेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोष पनि सकारात्मक छ । कोषका पदाधिकारीहरु त्यसकै अनुगमनमा चाँडै भारतको महाराष्ट्र जाँदैछन् ।
महाराष्ट्रको पुणेका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेको नयाँ पत्रिकामा खबर छ । जसमा कोषका पदाधिकारीहरु सकारात्मक देखिएका छन् ।
दान दिने जमिनमा पशुपतिनाथकै जस्तो मन्दिर कोषले बनाइदिनुपर्ने प्रस्ताव भारतीय नागरिकको छ । कोषका सदस्यसचिव डा। गोविन्द टन्डनसहितको चार सदस्यीय टोलीले त्यसको स्थलगत निरीक्षणका लागि पुणे जाने तयारी गरेको छ ।
जमिन भारतमा रहेको, दान नेपालको मन्दिरलाई दिने भनिएकाले भोगचलन नेपालले गर्न मिल्ने या नमिल्लने भन्ने विषय कानुनी पाटो भएकाले बुझ्न बाँकी रहेको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताए ।