Published On:Tuesday, April 7, 2015
Posted by my storry
३० दलिय मोर्चाको बन्द फिर्ता, प्रचण्डले बुझेर पनि बुझ पचाएकै हुन त?
लामो समय देखी वन्दको हाउ गुजी देखाएका एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाको ३ दिने हड्ताल अन्तत १ दिनमा सिमित भएको छ ।
आज विहानै देखी तोडफोड र अराजक गतिविधीमा कार्यकर्ताहरु लागेपछि ३ दिनका लागि घोषणा गरेको हड्ताल अन्तत मोर्चाले १ दिनमै सिमित गर्नु परेको हो ।
राष्ट्रिय राजनीतिमा खासै प्रभाव नरहेका दलहरु सहितको ३० दलिय मोर्चा बनाएको एकीकृत माओवादीलाई ३ दिने हड्ताल नखाउँ दिन भरको सिकार खाउँ त कान्छा वाउको अनुहार जस्तै भएको थियो ।
सत्ता पक्षलाई सवक दिन संविधान सभामा प्रतिनिधित्व गर्ने र नगर्ने दलहरुलाई समेत समेटेर मोर्चाको संयोजक वनेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो समयमा देखिएको गिर्दो राजनीतिक शाखलाई आजको वन्दले अझै सहयोग पु¥याएको छ ।
आए लाखै छ गए चिन्ता छैन भन्ने अवस्थाका दलहरुसंगको माओवादीको सहकार्य उसका लागि एक हानिकार गठबन्धन हो । जसलाई राष्ट्रिय राजनीतिमा कम चिनिन्छ त्यस्ता दलहरुलाई आफुलाई राष्ट्रिय राजनीतिमा भूमिका बढ्नु र घट्नुले कुनै अर्थ राख्दैन । त्यस कारण पनि आज विहानै देखी अलिक उछृङखल भएको आन्दोलन साँझ सम्म आईपुग्दा सामाजिक सञ्जाल र वुद्धिजिवी सर्कलबाट यसको पक्षमा धेरै थोरै मत आए । यस्तै व्यक्तिगत रुपमा प्रचण्डलाई पनि यस्ता केही शब्द आए जुन यस पंक्तिमा समेट्न सकिएन । जे होस लामो संघर्ष र बलिदानीबाट राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ र भूमिका राख्ने माओवादीले क्षणीक आत्मसन्तुष्टिका लागि गरेको गठबन्दनका कारण आप्mनो शाख गिर्दै गएको पक्कै बुझेको हुनुपर्छ ।
विकास पथमा लम्किएको विश्वमा विनश पथको रोजाई सायदै मनपर्छ होला आम नागरिकलाई । संसारमा कुनै कुरा पुरापुर सहि हुँदैन र छैन पनि त्य
सैले यि पंक्तिहरुमा कोही र केहीको असहमति हुनु स्वभाविक छ । तर सत्य जति वङ्गयाउन खोजौ त्यो सधै सत्य नै हुने छ ।
कार्यकर्ताको हुल ठुलै देखाउन नेतालाई रहर लाग्नु कुनैे नौलो कुरा होईन तर तिनै कार्यकर्तालाई व्यवस्थापन गर्न नसक्दा आफै पतन भईन्छ भन्ने बुभ्mन पनि आवश्यक छ ।
केही दिन पहिले मैले भेटेका कम्यूनिष्ट ज्ञाता एंव विश्लेषक वेदुराम भुषाल भन्दै थिए ः कम्यूनिष्टको एउटा खुव ठूलो समस्या छ । हामी संगठन बनाउँछौ तर त्यसलाई व्यवस्थापन गर्न चुक्छौ जसको परिणाम अहिलेका नेपालका कम्यूनिष्ट पार्टीको संख्या पनि एक हो ।
के एकीकृत नेकपा माओवादीलाई पनि यही समयस्याले छोएको हो त ? यदि यसो हो भने अव आफुलाई परिष्कृत गर्नु नेपालका कम्यूनिष्ट पार्टीको अपरिहार्य आवश्यकता हो ।
जनता कुनै कुरामा अज्ञानी छैनन् । सहि र गलत छुट्टाउन सक्ने भैसकेका जनताको विचमा अव यस्ता वन्द र हड्तालका कार्यक्रम गर्दा जुन कुनै संघ, संगठन, दल वा समुहले गहिरो गरि सोच्नुपर्ने देखिन्छ ।



