Published On:Tuesday, April 7, 2015
Posted by my storry
सुर्खेतमा पहिरोमा परी ५ जनाको ज्यान गयो
२४ चैत्र
सुर्खेतमा जिल्लाको घाटगाउँस्थित सिँचाई कुलो निमार्ण गर्ने क्रममा मंगलबार दिउसो पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । घाटगाउँ–७ का ५८ वर्षीय मानबहादुर शाही, तातापानी –६ का ४१ वर्षीय कृष्ण विक, सोही ठाउँका ४५ वर्षीय मनबहादुर नेपाली, ५५ वर्षीय प्रसादे विक र २५ वर्षीय महेश विकको मृत्यु भएको हो । उनीहरुसँगै काम गर्ने तातापानीका चक्रबहादुर टमटा र घाटगाउँका पदम नेपालीले भने हाम फालेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ । बावियाचौर–१ तिखाकुनादेखि घाटगाउँसम्म १५ किलोमिटर कुलो निर्माणको क्रममा मंगलवार पहिरो गएको थियो


