Published On:Tuesday, April 7, 2015
Posted by dadad

नेपाल–कतार श्रम वार्ताः अतिरिक्त रकम असुल्ने व्यवसायीहरूलाई कारबाही गर्ने संयुक्त प्रतिबद्धता

काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा श्रमिकबाट अतिरिक्त रकम असुल्नेहरूको अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । 

कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले जनाइएको छ ।

वार्तामा नेपालले कतारमा कार्यरत चार लाखभन्दा बढी नेपालीको सुरक्षाको प्रत्याभूति, दक्ष एवम् व्यावसायिक श्रमिक लिन तथा उनीहरूलाई कार्यस्थलमा जानुअघि पूर्व अभिमुखीकरण तालिम उपलब्ध गराउन र वैधानिक कागजपत्र नभएकाहरूलाई प्रायोजक परिवर्तनलगायत समस्यामा परेकाहरूलाई सहयोग गर्न अनुरोध गरेको थियो । 

नेपाल सरकारको अनुरोधप्रति कतारी प्रतिनिधिमण्डलले सकारात्मक जवाफ दिएको तथा कामदारहरूको तलबभत्ता उनीहरूको बैंक खातामा जम्मा गर्ने प्रावधान रहेको जानकारी दिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, कतारलाई आवश्यक भएका कामदार र तिनको मागपत्रका साथै रोजगारीको करारपत्रको प्रमाणीकरण गर्न कतारी रोजगार विभागलाई गरेको नेपाल सरकारको तर्फबाट गरिएको अनुरोधलाई पनि कतारले सकारात्मक रूपमा लिएको छ ।

0 comments for "नेपाल–कतार श्रम वार्ताः अतिरिक्त रकम असुल्ने व्यवसायीहरूलाई कारबाही गर्ने संयुक्त प्रतिबद्धता "

Leave a reply

    Popular Posts

    Blog Archive