Published On:Tuesday, April 7, 2015
Posted by Unknown

मलेसियाको जेलमा नेपालीलाई नांगै यातना

२५ चैत, काठमाण्डौ । मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।
अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी  र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरित यस्तो यातना दिने गरेका हुन् ।
मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्दै हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरुलाई नांगै पारेर, नृत्य कसरत, पिचनमा लडीबुडी, घुँडा र कुहिनाले टेकी हिँडन, उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ । प्रहरी र जेलअधिकारी यसबाट मनोरञ्जन लिने गर्छन ।

0 comments for " मलेसियाको जेलमा नेपालीलाई नांगै यातना"

Leave a reply

    Popular Posts

    Blog Archive