Published On:Tuesday, April 7, 2015
Posted by Unknown
बाढीपीडितलाई आश्वासन मात्रै ! तमासा हेर्न बाध्य पीडित
२५ चैत, काठमाडौ । मञ्चमा स्थानीय क्षेत्रका सभासद् र गृहमन्त्रीबीच चर्काचर्की भइरहँदा ६५ वर्षीय पूर्णबहादुर खत्री भने चौरमा तमासे बनेर बसिरहे । विहानसम्म त उनलाई सरकारले केही राहत घोषणा गरिहाल्ला कि भन्ने आश थियो । सरकारप्रमुखदेखि विभागीय मन्त्रीसम्मका कुरा सुनेपछि भने उनी बेचैन भए । ‘पेट (खेत) जति बाढीले बगाइहाल्यो, घरमा खानलाई अनाज छैन,’ उनी भन्दै थिए, ‘हामीजस्ता गरिबको पीडा सुनिदिने कोही भएनन्, हाम्रो लागि सरकारको पनि के काम ?
बिहीबार दिउँसो बबईको हात्तीखालमा भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिलान्यास समारोह थियो । एक दर्जन सभासदका साथै मन्त्रीरप्रधानमन्त्री उपस्थित उक्त समारोहमा आयोजनाभन्दा बाढीपहिरोको चर्चा बढी भयो, नागरिक दैनिकमा खबर छ ।
‘सरकारले सक्दैन भने हामीलाई जिम्मा दिइयोस्, देशविदेशबाट स्रोतसाधन जुटाएर पीडितको घाउमा मल्हम लगाउन हामी सक्षम छौं,’ पूर्व गृहमन्त्रीसमेत रहेका सुर्खेत क्षेत्र नम्बर–१ का सभासद् पूर्णबहादुर खड्का गृहमन्त्रालयलाई लक्षित गर्दैै कड्किएपछि गृहमन्त्री बामदेव गौतमले प्रधानमन्त्री सुशील कोइरालातिर औंला तेर्साए । ‘प्रधानमन्त्रीले आदेश दिनुहुन्छ भने हामी अहिल्यै उहाँले भनेजति राहत दिन तयार छौं,’ उनले भने ‘यसका लागि मैले मात्र चाहेर केही हुन सक्दैन ।’
त्यसको तीन दिनअघि सरकारले सवै घरजग्गा बगेका परिवारलाई एक लाख २५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो, जुन रकम पीडितको अपेक्षा भन्दा निकै कम हो । खड्काले मध्यपश्चिमका बाढीपहिरोपीडितलाई सरकारले उपेक्षा गरेको बताउँदै घरजग्गा बगाएकालाई कम्तीमा पाँच लाख, घर मात्र क्षति भएकालाई तीन लाख र आंशिक घर क्षति भएकालार्य ५० हजार रुपैयाँ दिनुपर्ने माग गरेका थिए ।