Published On:Tuesday, April 7, 2015
Posted by Unknown

कसले लिन खोज्यो लोकमानको ज्यान ?

२५ चैत, काठमाडौ । मुखिया,खरदार,बढीमा सहसचिव र विश्वविद्यालयका उपकुलपतिसम्मलाई डाम्दै आएका लोकमानले के–के न हुन लागेझैं गरी आफूलाई खतरा आइपरेको हवाला दिँदै झन्डै राष्ट्रपतिकै हैसियतमा आजीवन विशेष सुरक्षा माग गरेका छन् । चैत ३ गते आयोगको बैठक डाकेर सबैको ल्याप्चे ठोकाई सरकारसँग सोही दिन विशेष सुरक्षा मागेका हुन् । गृहमन्त्रीले १६ गते सोही मागबमोजिम प्रस्ताव लैजान स्वीकृति प्रदान गरेको हुँदान गत शुक्रबार क्याबिनेट बैठकमा यसबारे छलफल भएको थियो ।

‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायका पदाधिकारीलाई पदमा रहँदा र अवकाशपश्चात समेत आजीवन सुरक्षाको पत्याभूति गरिने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको दाबीसहित अख्तियारले १३ गते च।नं। २४८५ नम्बरको पत्रमार्फत प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ,‘आयोगको नेतृत्वलाई आफ्नो कार्यकाल र अवकाशपश्चातको अवस्थामा समेत आफ्नो र परिवारमाथि हुने सुरक्षा चुनौतीबाट मुक्त भई निर्धक्क र निर्भयतापूर्वक काम गर्ने वातावरण सिर्जना हुन आवश्यक छ ।’

लोकमानलाई कसले धम्क्यायो र यसरी धम्क्याउनेलाई बेलैमा किन नियन्त्रणमा लिइएन रु कारण र विवरण प्रष्ट छैन । बरु भनिएको छ,‘प्रत्येक दिनजसो भइरहेका स्टिङ अपरेशन ,भ्रष्टाचारजन्य कार्यमा संलग्न शंकास्पद व्यक्तिको गिरफ्तारी एवं ठूलो संख्यामा मुद्दा दायर गर्ने कार्य सँगै आयोगका पदाधिकारीलाई भूमिगत समूह,माफियातन्त्र एवं गुण्डागर्दीमा संलग्न तत्वहरुबाट तत्काल र अवकाशपश्चातसमेत सुरक्षा चुनौती रहेको महसुस गरिएको छ ।’ लोकमानलाई के कसरी जोगाउने यसबारे अख्तियार बोलेको छैन,आजको जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments for "कसले लिन खोज्यो लोकमानको ज्यान ?"

Leave a reply

    Popular Posts

    Blog Archive