Published On:Monday, April 6, 2015
Posted by Unknown
स्थायी शिक्षकका लागि आज विज्ञापन खुल्दै
२४ चैत्र, काठमाण्डौ । शिक्षक सेवा आयोगले आज मंगलबार माध्यमिक र निम्न माध्यमिक तहका लागि
स्थायी विज्ञापन आब्हान गर्ने भएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको
रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले विज्ञापन खुला
गरेको हो ।
आयोगका अनुसार २०६३ वैशाख ११ गतेयता रिक्त पदमा विज्ञापन खुलाउन लागिएको
हो । शिक्षा विभागले गत साता मावि तहको १ हजार ३ सय ८५ र निमावि तहको १
हजार ८ सय ६४ गरी ३ हजार २ सय ४७ पद रिक्त भइको तथ्थांक आयोगलाई दिएको थियो
।


