Published On:Monday, April 6, 2015
Posted by my storry
तीन दिने आम हड्ताल कायमै राख्ने ३० दलको निर्णय, बन्द विहान ५ बजेदेखि साँझ ५ बजेसम्म
२३ चैत, काठमाडौं ।
![]() |
| फाईल फोटो |
एकीकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको ३० दलीय मोर्चाले भोलिबाट गर्ने आम हड्ताल कायमै राख्ने निर्णय गरेको छ । आज साँझ बसेको ३० दलको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो । आम हड्ताल फिर्ता लिन चौतफी दबाव आएपछि ३० दलको बैठक बसेपनि आन्दोलनलाई यथावत राख्ने निर्णय गरेको छ ।
सरकारले संविधानका विवादित विषयमा पूर्ण प्रतिवद्धताका साथ छलफलका लागि वातावरण नबनाउँदासम्म घोषित कार्यक्रम रोक्ने कुनै पनि योजना नरहेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।
विगतका सहमति,सम्झौता कार्यान्वयन गर्दै सबै पक्षको सहमतिमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने ठोस प्रतिवद्धता आए आफुहरु वार्ताका लागि तयार रहेको मोर्चाले जनाउँदै आएको छ ।
बन्द विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने मोर्चाले जनाएको छ । बन्दको समिक्षा गर्न हरेक दिन साँझ ५ बजे शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको स्रोतले जनाएको छ ।



