Published On:Monday, April 6, 2015
Posted by Unknown

आदित्य तिमी को हौ ?

 संसारमा आउनुका बारे सोधिएको प्रश्नमा उनले भने,‘पछि कुरा गरौंला ल ।’

संसारमा आउनुका बारे सोधिएको प्रश्नमा उनले भने,‘पछि कुरा गरौंला ल!’
 
- See more at: http://www.ratopati.com/2015/04/05/223476.html#sthash.1ZbzjmJj.dpuf
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा  हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले  लेखेर दिन्छ । भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ ।

सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए । इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए ।

नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् । आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए ।

मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं ।’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’

कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् । नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’

नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् ।’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल रु’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र ।’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए ।

उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा। बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो – प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।

0 comments for "आदित्य तिमी को हौ ?"

Leave a reply

    Popular Posts

    Blog Archive