Published On:Monday, April 6, 2015
Posted by Unknown
यातायात कार्यालयलाई दलाल मुक्त गराउन प्रहरी खटाउने तयारी -
२४ चैत, काठमाडौं । ललितपुरको एकान्तकुनामा रहेकोकेही दिनअघि आकस्मिक अनुगमन गर्ने क्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालयमा दलाल तथा बिचौलिया प्रवेश निषेध गर्न निर्देशन दिँदै नसके कार्यालय प्रमुखलगायतका कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । मन्त्रीको चेतावनीपछि यातायात कार्यालय बागमतीका प्रमुख उपसचिव उमेश बस्नेतले यातायात कार्यालयमा प्रहरी खटाउन माग गरेको नयाँ पत्रिकामा खबर छ ।
बस्नेतले जिल्ला प्रशासन कार्यालय ललितपुरमा पत्र लेखेर यातायात कार्यालयमा आवश्यकताअनुसार प्रहरी खटाउन माग गरिएको जानकारी दिए ।
बस्नेतले जिल्ला प्रशासन कार्यालय ललितपुरमा पत्र लेखेर यातायात कार्यालयमा आवश्यकताअनुसार प्रहरी खटाउन माग गरिएको जानकारी दिए ।
यातायात कार्यालय बागमतीले कार्यालयमा बिचौलिया तथा दादाको प्रवेश निषेधका लागि प्रहरी खटाउन माग गरेको छ । दैनिक तीन हजारभन्दा बढी सेवाग्राही आउने यातायात कार्यालयमा दलाल र बिचौलियाको बिगबिगी हुन थालेपछि कार्यालयले दलाल रोक्न प्रहरीको विशेष टोली नै खटाउन माग गरेको हो ।



