Published On:Monday, April 6, 2015
Posted by Unknown

राजा सिहामोनी नेपाल आउन इच्छुक

२४ चैत्र, काठमाण्डौ । कम्बोडियाका राजा नरोद्दम सिहामोनीले नेपाल भ्रमणमा आउने चाहना व्यक्त गर्दै पत्राचार भएको दुई महिना बितिसके पनि नेपाल सरकारले जवाफ पठाएको छैन। बौद्धमार्गी राजा सिहामोनीले गौतम बुद्धको जन्मदिन वैशाख पूर्णिमाको अवसर पारेर नेपाल आउने इच्छा प्रकट गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

राष्ट्रपति डा. रामवरण यादवको निमन्त्रणा प्राप्त भए आफू औपचारिक भ्रमणमा नेपाल आउन इच्छुक रहेको सिहामोनीले कूटनीतिक च्यानलमार्फत सरकारलाई जानकारी गराइसकेका छन्। तर, यसबारे प्रक्रिया सुरु गर्नुपर्ने निकाय परराष्ट्र मन्त्रालयले कुनै काम अघि बढाएको छैन।

सिहामोनी नेपाल आउन इच्छुक रहेकोबारे मलेसियास्थित नेपाली दूतावासले परराष्ट्रलाई गत माघमा लिखित जानकारी गराएको थियो। उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने इच्छा पनि देखाएका छन्। तर, परराष्ट्रले हालसम्म राष्ट्रपति यादवलाई समेत सिहामोनीको सम्भावित भ्रमणबारे कुनै जानकारी दिएको छैन।

0 comments for "राजा सिहामोनी नेपाल आउन इच्छुक"

Leave a reply

    Popular Posts

    Blog Archive