Published On:Wednesday, April 8, 2015
Posted by dadad
श्रीमानको मृत्युपछि ‘नागरिकता’ नपाउँदा...
काठमाडौं । एक दशकअघि अन्तर जातीय विवाह गरेकी सप्तरीकी रेखा परियारको श्रीमान्को मृत्यु भएपछि नागरिकता प्राप्त गर्न कठिन भएको छ ।
रेखाले २०६० साल असोज १२ गते सप्तरी जिल्ला धरमपुर गाविस–८ निवासी राजनप्रसाद निरौलासँग प्रेम विवाह गरेकी थिईन् । श्रीमान् निरौलाको २०७० साल जेठ ८ गते दुर्घटनामा परी मृत्यु भयो ।
“माइतीतर्फको नागरिकता छैन, विवाह दर्ता पनि छैन, छोराछोरीको जन्म दर्ता नहुँदा विद्यालय भर्नामा समेत समस्या आएको छ, नागरिकताका लागि श्रीमान्को आफन्त चाहिँदो रहेछ, तर उहाँहरू नागरिकता दिन चाहनुहुन्न”– रेखाले भनिन् । रेखाका एक छोरा र एक छोरी छन् ।
रेखालाई संरक्षण दिँदै आएको गैरसरकारी संस्था उज्यालो जीवनका अध्यक्ष शर्मिलाकुमारी पन्तका अनुसार रेखालाई सप्तरीमा जान आउन पनि श्रीमान्का आफ्न्तले रोक लगाउँदै आएका छन् ।


