Published On:Wednesday, April 8, 2015
Posted by my storry

पर्खनुस नेता ज्यू लेनदेन जनताले गर्छन

प्रकाशित मिति २०७१ चैत्र २५,   
पछिल्लो समय औपचारीक सम्वाद नगरेका राजनीतिक दलहरुविच ३० दलिय मोर्चा भित्रको खटपटसंगै संम्वाद र छलफल सुरु भएको छ । 
शक्ता साझेदारको सत्तो सराप गर्ने एकीकृत नेकपा माओवादी सहमति वेगर संविधान सभामा नजाने घोषणा गरेर आन्दोलनमा छ । तर यसै विचमा बुधवार बालुवाटार पुगर एकीकृन नेकपा माओवादीका नेताहरुले सहमतिमा संविधान निमार्ण गर्ने मुद्धामा सहमति गरेका छन् । के यो गर्ने गरि नै भएको सहमति होला ? कि वसुन्जेलको चिया गफ जे होस छलफल भयो गफगाफ पनि भयो र वाहिर आएर एउटा सहमतिको प्रस्ताव गरियो जसमा छलफल सकारात्मक भयो । 
सम्भावना किहिल्यै पूर्व निर्धारित हुँदैन जसको प्रतिफल भएपछि मात्र देखिने कुरा हो । यसैले अवका दिनमा वाद र विचारलाई रटान लगाएर देश र जनतालाई संविधान वनेन त्यसैले अरु केही गर्न सकेनौ र हुन सकेन भनेर गुम्रामा पार्ने कार्य बन्द गरेर केही दिन अघि काँग्रेस एमालेले भने जस्तो गरि भएपनि अगाडी बढ्नु पर्ने हुन्छ । 
केही दिन अघि काँग्रेस एमालेले विवादीत विषयमा छलफल अगाडी बढाउँ मिलेका विषय वस्तुलाई संविधानमा राखेर विकास, उन्नती र प्रगतिमा लागौ । अर्को कुरा हुनसक्छ कहिलेसम्म लडिरहने त्यसका लागि संविधान सभाको तोकिएको ५ वर्षे कार्यकाल राख्दा पनि केही हुँदैन तर वन्द हड्ताल, नारा वाजीमा होईन युवाहरुलाई उत्पादन र उद्यममा सहभागि वनाउन लागौ । 
काम नगर्नेलाई मामको व्यवस्था गर्न सक्नुपर्दछ राजनीतिक दलहरुले । के ढुङ्गा हानेकै भरमा माम दिने हो ? के तपाईको पक्षमा कुरा गर्दैमा स्यावास र सहयोग गर्ने हो ? अव यि सवै छाडेर नीति वनाएर आप्mना कार्यकर्तालाई कुनै न कुनै उत्पादन कार्यमा संलग्न हुन आव्हान गरेर देशका लागि काम गर्ने संस्कारको विकाश अहिलेको अपरिहार्यता हो । 
हो बुधवार भएको नेपाली कांग्रेस र एकिकृत माओबादीबीच सहमतिको आधारमा संबिधान निर्माणमा अघि बढ्ने समझदारी कुराका लागि कुरा मात्रै नवनोस । 
३० गते संविधान सभाको बैठक वोलाईएको छ । त्यस दिनसम्म दलहरुले देश र जनताका लागि केही गरेर राजनीतिक अन्यौलतामा छलाङ मार्नु पर्छ । 
साल २०७१ को अन्तिम दिन २०७२ को सुरुवातमा सुभ सन्देशका साथ आम नेपालीले देशमै सुनौलो भविष्यको सपना देख्ने सहुलियत पाउनु पर्छ । कुनै वाद र विचारको विचबाट जसले देश र जनतालाई निकासको वाटो वन्द गरेर हठ गरिरन्छ त्यसको लेनदेन जनतालेनै गर्ने छन् । 

0 comments for "पर्खनुस नेता ज्यू लेनदेन जनताले गर्छन "

Leave a reply

    Popular Posts

    Blog Archive