Published On:Sunday, April 5, 2015
Posted by dadad

विदेशी डलरको प्रलोभन त्याग्न विपक्षी मोर्चालाई शेखरको सुझाव


काठमाडौं । संविधानसभाको बैठक जेठ २३ गते दिउँसो १ बजेका लागि डाकिएसँगै सत्तारुढ र प्रतिपक्षीबीचको दुरी बढेपछि सहमतिको संभावना करीब टाढिएको छ ।

चाहने हो भने केही घण्टामा नै संविधानका प्रमुख विषयलाई टुङ्गोमा पुर्याउन सकिने बताएका दलहरुले आफ्नो बालहठ त्याग्न नसकेपछि समस्या बल्झिँदै गएको हो ।

संविधानसभाको बैठक आह्वान गर्ने वित्तिकै एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले बैठक बहिष्कारको घोषणा गरेको छ ।
बहुमतिय प्रक्रियालाई मान्न तयार नभएको विपक्षी मोर्चालाई सत्तारुढले मनाउने अनेक उपाय रचेपनि त्यो सफल नहुने देखिएपछि प्रक्रियाकै बटो अवलम्बन हुने देखिन्छ ।
संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङले दलहरुले नै बनाएको प्रश्नावलीमा टेकेर संविधानसभा सक्रिय रहने बताएपनि विपक्षी मोर्चा झन एक्लिने करीब निश्चित छ ।

प्रक्रियाबाट जेष्ठ १५ भित्र संविधान

बहुमतिय प्रक्रियाबाट मात्रै संविधान जारी गर्नुपर्ने उचित विकल्प देखेका नेपाली काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संविधान नआउनुको मुख्य दोषी एकीकृत माओवादी र मधेस केन्द्रीत दल देखेका छन् । 
कालिकोट पुगेर आमसभालाई सम्बोधन गर्दै नेता कोइरालाले ेठ १५ भित्र कुनै पनि हालतमा संविधान जारी गर्नका लागि अब बहुमतिय प्रक्रिmया सुरु गर्नुपर्ने बताए । 
सहमतिका आधारमा संविधान जारी हुने सम्भावना अब टरेर गएको भन्दै उनले एकीकृत माओवादी र मधेस केन्द्रीत दलहरुलाई धेरै समय पर्खेर बस्न नसक्ने बताए ।
३० दलीय विपक्षी मोर्चाको सडक संघर्षले कुनै फरक नपार्ने भन्दै उनले जनता आन्दोलनको विपक्षीमा रहेको बताए ।

जातीय पहिचानको संघियताले १० वर्षमा देशको अस्तिव्व समाप्त

नेता कोइरालाले एकीकृत माओवादी र मधेस केन्द्रीत दलहरुले भनेजस्तै जातीय पहिचानका आधारमा संघियतामा जाने हो भने, अबको १० वर्षमा देशको अस्तिथ्व समाप्त हुने दाबी गरेका छन् । भौगोलिक पहिचानका आधारमा जारी भएको संविधानले मात्रै सबैको प्रतिनिधित्व गर्ने भन्दै उनले, जातीय आधारमा घोषणा भएको संघिय संविधान जारी भएको भोलिपल्ट नै च्यातिने चेचावनी दिए ।

विदेशी चलखेलले विगार्यो

निर्धारित समयमा संविधान जारी हुन नसक्नुमा विदेशी चलखेलको करामत भएको नेता कोइरालाले जिकिर गरे ।
विदेशी प्रलोभनमा नपर्न एकीकृत माओवादी माओवादी लगायत दलहरुलाई आग्रह गर्दै नेता कोइरालाले डलको भरमा एकीकृत माओवादी र मधेसकेन्द्रीत दलले भनेजस्तो संविधान कुनै पनि हालतमा नआउने बताए ।
आफ्नो मुद्धा लाद्नका लागि भन्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले अघि बढाएको सडक संघर्षको कुनै औचित्य नरहेको उनले जिकिर गरे ।

0 comments for "विदेशी डलरको प्रलोभन त्याग्न विपक्षी मोर्चालाई शेखरको सुझाव"

Leave a reply

    Popular Posts

    Blog Archive