Published On:Sunday, April 5, 2015
Posted by my storry
एमाले नेता ढकालको एउटा अधुरो सपना
२२ चैत्र, काठमाण्डौ,
कुशल नेतृत्वकर्ता ढकालको उपस्थितिले लुम्बिनीमा बलियो बन्दै गएको नेकपा एमालेको छवि र गरिमालाई अझै व्यपक र मजबुत वनाउन सहयोग पुग्ने धेरैले विश्लेषण गरिरहेका थिए । लुम्बिनी अञ्चलको समग्र राजनीतिक विकास मात्रै हैन भौतिक, साँस्कृति एंव सामाजिक विकासका वारेमा पनि चिन्ता र चासो राख्ने ढकालको नेतृत्व लुम्बिनीले पर्खिरहेको थियो, छ र हुनेछ तर जुन कुरा अव ढकालबाटै पुरा गर्न कुनै कालखण्डमा सत्य सावित गर्न असम्भव भैसकेको छ ।
राजनीतिमा आफुलाई अब्बल बनाउँदै वालवालीका, युवा वा पाका पुस्तामा आर्फलाई लोकप्रियताको उचाईमा पु¥याउन सफल एक नेतृत्वदायी हस्तिको देहान्तले अहिले देश विदेशका सुभचिन्तकलाई शोकमा डुबाएको छ । पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।
स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।
भेट्दा हँसिलो मुद्रामा प्रस्तुत हुने फुतिलो मान्छे अग्रज नेतृत्वको भरोसाको केन्द्र विन्दु रामनाथ ढकाल जो विगत देखी वर्तमानसम्म युवा राजनीतिकर्मीको ढुकढुकी, अगुवा, पथप्रर्दशक र संरक्षक बने ।
आफुलाई सधै अब्बल बनाउन प्रयत्नरत ढकालको नेतृत्वमा कुशलता भएकै कारण पार्टिले पनि राम्रै भूमिकामा उभ्याउने गरेको थियो ।
गुल्मी जिल्लाको खड्कोटमा २०१९ सालमा जन्मिएका ढकाल २०३६ सालदेखी राजनीतिक जीवनमा सक्रिय भए । तत्कालिन नेकपा माले निकट विधार्थी संगठनबाट राजनीति थाल्नुभएका ढकालले २०४६ सालको परिवर्तन पछि एकीकृत भएको कम्यूनिष्ट पार्टी एमालेमा रहेर राजनीतिक अभियान अगाडी बढाउनुभयो ।
२०५० सालमा अखिलको १२ औ अध्यक्ष वन्दा होस वा त्यस अघि र त्यस पछि राजनीतिक घुम्तिमा ढकालले कहिल्यै पछि फर्केर हेर्नुपरेन ।
२०५१ सालको आम निर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित ढकाल २०५४ सालमा बैकल्पिक केन्द्रीय सदस्य हुँदै पार्टी जीवनलाई सार्थकता दिँदै हुनुहुन्थ्यो । २०६४ सालको संविधान सभा निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित ढकाल राज्य व्यवस्था समितिको सभापति वन्नुभयो ।
वर्तमान नेकपा एमालेको पोलिट्ब्यूरो हुँदै लुम्बिनी अञ्चलको इन्चार्ज जिम्मेवारी तोकिएका ढकालले कार्यविभाजनको हल्ला त सुन्न पाउनुयो तर खास जिम्मेवारी वहन गरेर कार्य सम्पादन गर्ने सपना केवल सपनामै सिमिति हुन पुग्यो ।
कुशल नेतृत्वकर्ता ढकालको उपस्थितिले लुम्बिनीमा बलियो बन्दै गएको नेकपा एमालेको छवि र गरिमालाई अझै व्यपक र मजबुत वनाउन सहयोग पुग्ने धेरैले विश्लेषण गरिरहेका थिए ।
लुम्बिनी अञ्चलको समग्र राजनीतिक विकास मात्रै हैन भौतिक, साँस्कृति एंव सामाजिक विकासका वारेमा पनि चिन्ता र चासो राख्ने ढकालको नेतृत्व लुम्बिनीले पर्खिरहेको थियो, छ र हुनेछ तर जुन कुरा अव ढकालबाटै पुरा गर्न कुनै कालखण्डमा सत्य सावित गर्न असम्भव भैसकेको छ ।
प्रकाशित मिति २०७१९१२९२२, संगम महत



