Published On:Monday, April 6, 2015
Posted by Unknown
स्नातक तेस्रो वर्षको परीक्षा जेठ १४ देखि (तालिकासहित)
२३ चैत, काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तेस्रो वर्षको परीक्षा आगामी जेठ १४ गतेदेखि सञ्चालन हुने भएको छ ।
त्रिभुवन विश्व विद्यालयले एक सार्वजनिक सूचना जारी गरी परीक्षा तालिका प्रकाशित गरेको छ । २०६७ देखि २०७१ सम्मका आंशिक र २०७२ सालमा पहिलो पटक परीक्षा दिने नियमित तथा प्राईभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार शिक्षा, मानविकी, कानुन, विज्ञान तथा प्रविधिको परीक्षा बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ भने व्यवस्थापन विषयको परीक्षा भने दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।



