Published On:Saturday, April 4, 2015
Posted by my storry

सम्पादक ज्यूको लेखमा नेता भट्राईको रिजर्वभेसन असन्तुष्टि

समाचार विष्लेशण,
प्रा.डा. गोविन्द के.सीले अनसन सुरु गर्ने भन्ने देखी जुस खुवाएपछिको आत्मरती भनौ वा आत्म सन्तुष्टिको खवरलाई आप्mनो आँखामा बढो व्यवसायिकताका साथ सम्पादन गर्नुभएका सुधिर शर्माको के.सीको अनसन तेडिएपछि १३ दिनका दिन छापिएको लेख लेख 

शुधिर शर्मा आप्mनो आलेखमा लेख्छन् ः 

यो प्रकरणमा सत्तारूढ दलहरूको सकसबाट फाइदा उठाउन प्रतिपक्षी एमाओवादी तत्काल सक्रिय देखियो । पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईसम्मले शिक्षण अस्पताल पुगेर अनशनरत केसीलाई ढाडस दिन खोजे, तर त्यो विशुद्ध राजनीतिक अवसरवादमात्र थियो । आफ्नो सरकारका पालामा चिकित्सा क्षेत्रको सुधारका लागि सिन्को नभाँच्ने, उल्टो चोरबाटोबाट मेडिकल कलेजहरूलाई सम्बन्धन दिलाउन चलखेल गर्ने र अहिलेचाहिँ आफूलाई चोखो देखाउन खोज्ने एमाओवादी प्रवृत्ति आफैंमा विरोधाभासपूर्ण छ ।

यो पढेपछि पूर्व प्रधानमन्त्री एंव एकीकृत नेकपा माओवादीका नेता वावुराम भट्राईले यस्तो प्रक्रिया दिए ः 
डा. केसी सत्याग्रहवारे सुधीर शर्माको यो मननीय विश्लेषण ।

तर माओवादी पालामा ‘सिन्को पनि नभाँचेको’ भन्नु चाहिं वस्तुपरक भएन कि ? मेरो पालामा ठुलो दवावका वावजुद मापदण्ड नपुगेका मेडिकल कलेजलाई सम्वन्धन रोकिएको थियो मेडिकल अध्ययनको अधिकतम शुल्क तोक्न एउटा कार्यदल गठन गरेर त्यसको प्रतिवेदन लागु गर्न थालिएको थियो निजी शिक्षणसंस्थाबाट १५(पहिले ३५ प्रस्तावित) कर असुल गरेर सार्वजनिक क्षेत्रमा लगानी गर्ने नीति लिइएको थियो टिचिंग अस्पतालमा डा. केसी कै माग वमोजिम वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गरिएको थियो । यो शुरुवात मात्र थियो पर्याप्त अवश्य थिएन । 

यि माथि उल्लेख गरिएका सामग्री समाजिक सञ्जालमा देख्न पाएको सवाल जवाफको एक अध्यय हो । 
पत्रकारको लेख र नेतालको प्रतिक्रिया कुनै नौलो कुरा होईन र यसमा पनि त्यस्तो खास केही दैन । तर यस भित्र लुकेको एउटा सामान्य कुरालाई कोट्याउने जमार्को मात्रै हुने छ । संसारमा फरक क्षमता राख्ने मान्छेहरुको कुनै कमि छैन । त्यसलैले बुझाईमा पनि फरक पर्न सक्छ जुन आम नागरिकको समस्या हो भन्ने बुझ्न आवश्यक छ । हामी एउटै कुरालाई धेरै कोणबाट बुभ्mदछौ । यस्तै पत्रकार र नेताको बुझाईपनि सधै एउटै हुने कुरै भएन । यदी एउटै भयो भने न पत्रकार पत्रकार रह्यो न नेता नेता रह्यो यसमा पनि आप्mनै नीति, नियम, विधी विधान, अभ्यास र प्रयोग छन् । आफुलाई नयाँ प्रविधीसंगपनि राम्रोसंग अपडेट राख्ने र सोसल मिडियालाई राम्रै प्रयोग गर्न जानेका एकीकृत नेकपा माओवादीका नेता भट्राईले लेखेका कुराहरुमात्रै हेर्दा पनि नेपाली राजनीतिज्ञाहरु स्विकार्न सक्ने क्षमता कम छ की जस्तो लाग्छ । यो दुनियामा सवै र सधै राम्रो गर्नेहरुको अभाव थयो, छ र अनन्त कालसम्म रहिरहने छ । यदी माथी भनेजस्तो मान्छे भेटियो भने त्यसमा कुनै अर्के समस्या हुन सक्छ होईन भने सम्भव धेरै न्यून छ । 
आवश्यकताले जन्माका हरेक कार्य सकारात्मक र राम्रा हुन्छन । शुधिर शर्माले लेख्ने र भट्राईले वुभ्mनुमा धेरै फरक हुन सक्छ । तर जे होस जवसम्म कमिकमजोरी महशुस हुँदैन तवसम्म त्यसको राम्रो गर्ने वाटो नै वन्द हुन्छ । त्यसैले अहिलेको सन्दर्भमा भन्दा कुनै पनि घट्ना घट्नु भन्दा पहिले जानकारी दिएर आतंक फैलाउने कार्य गर्नु हुँदैन । तर सर्तकता अपनाउनु वुद्धिमतापूर्ण हुन्छ होला । 
नेपालको सन्र्दभलाई हेर्ने हो भने राजनीति, सञ्चार, नागरिक समाज, अधिकारकर्मी कतै न कतै र कोही न कोही प्रति प्रभावित हुँदाको परिणाम कहिलेकाँही नतिजा फरक आउने गर्दछ । कुनै सन्र्दभ सामग्रीको आडमा उभिएर अभिष्ट पुरा गर्ने अभियान चलाउनेहरुको विचधारमा कुनै खोट हुँदैन । खोट रहित ठान्ने र क्षतविक्षत भएको मान्नेहरुको विच भइरहेको रस्साकस्सीमा यहि ठान्ने र मान्ने नबुझ्ने जनताको दैनिकी चलिरहेको छ । जुन आफैमा उकुस, मुकुस र अन्यौलताबाट ग्रसित छ । नीतिको पनि राजा राजनीतिको बागडोर सम्हाल्नेहरुनै जनताको सामु झुक्न चाहँदैनन वानीमा कुनै परिवर्तन छैन भने के परिवर्तनको नारा सार्थक वन्ला ?  

0 comments for "सम्पादक ज्यूको लेखमा नेता भट्राईको रिजर्वभेसन असन्तुष्टि"

Leave a reply

    Popular Posts

    Blog Archive