Published On:Saturday, April 4, 2015
Posted by Unknown

नेपालमा दैनिक ३६ करोडका कृषिवस्तु ल्याइन्छन्

२२ चैत, काठमाडौ । मागबमोजिम स्वदेशमै उत्पादन नहुँदा दैनिक ३६ करोड रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात हुने गरेका छन् । भन्सार विभागका अनुसार चालू आवको ८ महिनामा कृषिजन्य वस्तुमा मात्रै ७० अर्ब १६ करोड २ लाख रुपैयाँ ब्यापारघाटा भएको छ । साउनयता ८६ अर्ब ३५ करोड ७२ लाख रुपैयाँका कृषिजन्य वस्तु आयात भएका छन् भने निर्यात १६ अर्ब १९ करोड ७० लाख रुपैयाँको मात्रै भएको छ ।

दैनिक रुपमा हेर्दा आयात ३५ करोड ९८ लाख छ भने निर्यात ६ करोड ७५ लाख रुपैया रहेको कारोबार दैनिकमा खबर छ ।

गत आवको तुलनामा यो ९ प्रतिशतले बढी हो । गत आवका ८ महिनामा ७९ अर्ब ५८ करोड २५ लाख रुपैयाँका कृषिवस्तु आयात भएका थिए । निर्यात झनै घटेको छ । गत वर्ष यही अवधिमा १८ अर्ब ५ करोडको निर्यात भएको थियो ।

0 comments for "नेपालमा दैनिक ३६ करोडका कृषिवस्तु ल्याइन्छन्"

Leave a reply

    Popular Posts

    Blog Archive