Published On:Wednesday, April 8, 2015
Posted by Unknown

बन्द किन फिर्ता लिएको ?

२६ चैत, काठमाडौं ।
२६ चैत, काठमाडौं । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चामा आवद्द केही मधेसी दलहरू मोर्चाबाट बाहिरिँदै छुट्टै आन्दोलनको कार्यक्रम गर्ने तयारीमा जुटेको खबर आजको राजधानीमा छापिएको छ।

बुधबार र बिहीबारको आमहड्ताल कार्यक्रम बिचैमा फिर्ता लिइएकोमा असन्तुष्टी जनाएका मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टी ३० दलीय मोर्चाबाट छुट्टीएर छुट्टै आन्दोलनको घोषणा गरेका हुन्।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र राजेन्द्र महोतो नेतृत्वको सद्भावना पार्टीले आमहड्ताललगायत आन्दोलनका कार्यक्रम बिचैमा छोडेकोमा एमाओवादी नेतृत्वप्रति चर्को असन्तुष्टी जनाएका छन्।

0 comments for "बन्द किन फिर्ता लिएको ?"

Leave a reply

    Popular Posts

    Blog Archive