Published On:Wednesday, April 8, 2015
Posted by Unknown

अवैध रुपमा नेपाल बस्ने अमेरिकनलाई १५ लाख जरिवाना

२६ चैत, काठमाडौं । मुलुकमा अवैध रूपमा विदेशीहरू लुकेर बसेको आकलन भइरहेका बेला आठ वर्षदेखि प्रवेशाज्ञाबिना बसेका एक अमेरिकी नागरिकले सरकारलाई मोटो रकम जरिबाना तिरेका छन्।

गैरकानुनी रूपमा झन्डै आठ वर्षदेखि नेपाल बसेका अमेरिकी लेविस स्टेभेनले प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिबानाबापत १४ लाख ९२ हजार सात सय ७७ रुपैयाँ अध्यामगन विभागलाई बुधबार बुझाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

गैरकानुनी ढंगले नेपाल बसेका स्टेभेनले अमेरिका फर्कने क्रममा अध्यामगन विभागलाई उक्त रकम बुझाएका हुन्।

सूचना अधिकारीसमेत रहेका अध्यामगन विभागका निर्देशक बाबुराम खतिवडाले स्टेभेनले जरिबानाबापत सबै रकम तिरेको बताए। उनले भने, ‘कम्तीमा तीन वर्ष नेपाल आउन नपाउने गरी उनलाई निष्कासन गर्ने तयारी भइरहेको छ।’

गैरकानुनी रूपमा आठ वर्षदेखि नेपाल बसेका अमेरिकीलेविस स्टेभेनले प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिबानाबापत १४ लाख ९२ हजार सात सय ७७ रुपैयाँ अध्यामगन विभागलाई बुझाएका छन्।

विभागले स्टेभेनलाई निष्कासनका लागि गृह मन्त्रालयमा फाइल पठाउने तयारी गरेको छ। गृहले यसमा निर्णय गरेपछि उनी तीन वर्ष नेपाल आउन पाउने छैनन्।

गृहको निर्णयपछि उनलाई अध्यामगनले अमेरिका फर्काउनेछ। स्टेभेनले प्रवेशाज्ञा शुल्क (भिसा फी) बापत दुई अमेरिकी डलर र विलम्ब शुल्क (लेट फी) बापत तीन गरी प्रतिदिनको पाँच डलरले रकम बुझाएका छन्।

अध्यामगन नियमावली २०५१ को अनुसूची ९ मा भिसा शुल्क र विलम्ब शुल्कबापत लाग्ने जरिबाना रकम तोकिएको छ। स्टेभेनले जरिबानाबापतको अधिकतम ५० हजार नेपाली रुपैयाँ पनि बुझाएका छन्।

आठ वर्षअघि नेपाल आएका उनले काठमाडौं र पोखराका इन्स्टिच्युटमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा काम गरेका थिए। उनले आफूले सुरुमा नेपाली युवतीसँग विवाह गरेर नेपाल आएको बयान दिएका छन्।

0 comments for "अवैध रुपमा नेपाल बस्ने अमेरिकनलाई १५ लाख जरिवाना"

Leave a reply

    Popular Posts

    Blog Archive