Published On:Sunday, April 12, 2015
Posted by Unknown

सहमतिमा यौन सम्बन्ध, बिग्रिए बलात्कार

म बिहान उठ्नेबित्तिकै महिला हिंसा तथा सुुसाइड (आत्महत्या) का समाचार सुन्ने गर्छु । राजधानीमा यो क्रम निकै बढेको छ । समग्र अपराधको ग्राफमा सुसाइट र महिला हिंसाका घटना भएको समाचारले मेरो र मेरा अधिकृत जवानहरूको ध्यान खिच्न थालेको छ । बेलुका सुत्ने बेलामा सोच्ने गर्छु, भोलि बिहान यस्तो समाचार सुन्न नपाए हुन्थ्यो । राजधानी दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमकुमार कार्कीले आइतबार सञ्चारकर्मीमाझ आफ्नो अनुभूति यसरी पोखे । उनले पछिल्लो समय बलात्कार र यौनजन्य हिंसा बढ्नुका तीन कारण पनि किटानी गरे ।
 
विगत ९ महिनाको आपराधिक तथ्यांक प्रस्तुत गर्दै उनले बलात्कार तथा यौन हिंसा बढ्नुमा पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेश जानु, स्कुल, कलेजमै ब्वाई फ्रेन्ड-गर्ल फ्रेन्ड कल्चर विकसित हुनु र विवाह नगरी केटा/केटी विवाहपूर्व नै एकसाथ बस्नु (लिभिङ टुगेदर) प्रमुख कारक रहेको बताए ।
 
‘हामीले सत्य कुरा बोल्नैपर्छ, लामो समयसम्म पुरुष घरमा नहुनु, महिलाहरू सहमतिमा यौनसम्पर्कमा रहनु, त्यसपछि कुरा मिल्दासम्म ठीक हुने वा समाजले थाहा पाए त्यसबाट बच्न बलात्कारको संज्ञा दिनुले पनि प्रहरीले बाध्य भएर यस्ता घटना दर्ता गर्नुपर्ने हुन्छ,’ एसएसपी कार्कीले भने ।
 
उनले अन्यायमा परेकालाई न्याय र अपराधीलाई कारबाही गर्न पछि पर्न नहुने भए पनि पछिल्लो समयमा विकृति भित्रिएको दाबी गरे । ‘कोही साँच्चै बलात्कारमा परेका हुन्छन्, उनीहरूलाई प्रहरीले न्याय दिलाउने प्रयास गरेको छ,’ कार्कीले भने, ‘हामी न्याय दिलाउन लागिपरेका छौं ।

0 comments for "सहमतिमा यौन सम्बन्ध, बिग्रिए बलात्कार"

Leave a reply

    Popular Posts

    Blog Archive