Published On:Sunday, April 12, 2015
Posted by Unknown
सरकारी कार्यालय नै तिर्दैनन् कर
३० चैत्र, काठमाण्डौ नाफामूलक काम गरेपछि सरकारी कार्यालयले पनि स्थानीय निकायलाई कर
तिर्नुपर्छ । तर, काठमाडौं उपत्यकाका झन्डै एक दर्जन सरकारी संस्थानहरूले
नाफामूलक काम गरे पनि काठमाडौं महानगरपालिकालाई कर तिर्ने गरेका छैनन् ।
राजधानी दैनिकमा समाचार छ ।
कर नतिर्ने कार्यालयहरूमा कर्मचारी सञ्चयकोष, सांस्कृतिक संस्थान, दुग्ध
विकास संस्थान, खाद्य संस्थान, साझा भण्डार लिमिटेड, नेपाल ट्रस्ट, आयल
निगम, बालाजु औद्यौगिक क्षेत्र र कृषि सामग्री कम्पनी लिमिटेड रहेका छन् ।
‘हामी कर लाग्छ तिर्नुहोस् भन्छौं, उहाँहरू कर लाग्दैन भन्नुहुन्छ,’
महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेललेभने, ‘नाफामूलक काम गरेपछि
सरकारी कार्यालयले पनि कर तिर्नुपर्छ तर उहाँहरूचाहिँ अहिले अटेर
गरिरहनुभएको छ ।’
महानगरपालिकाले पटक–पटक कर तिर्न आग्रह गर्दै त्यस्ता कार्यालयहरूमा पत्र
पठाउँदै आएको छ । स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीबमोजिम कर तिर्न
अनुरोध गरिएको महानगरपालिकाको भनाइ छ ।


