Published On:Monday, April 6, 2015
Posted by Unknown
३ दिने बन्दमा ५ अर्ब ४० करोड घाटा हुने
२४ चैत्र, काठमाण्डौ । एनेकपा माओवादीको नेतृत्वमा ३० दलीय मोर्चाले आब्हान गरेको ३ दिनको बन्दले
अर्थतन्त्रमा ५ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष घाटा हुने भएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
नेपाल राष्ट्र बैंकले २०६५ देखि ६८ सम्म गरेको अर्थतन्त्रमा बन्दको आर्थिक
असर विषयक अनुसन्धानअनुसार एक दिनको बन्दले देशलाई एक अर्ब ८० करोड
प्रत्यक्ष घाटा हुन्छ ।
तर हालका वर्षमा लगानीको विस्तार तथा आर्थिक गतिविधिमा आएको बढोत्तरीले
प्रतिदिन दुई अर्बको हाराहारीमा प्रत्यक्ष घाटा हुने अनुमान गरिएको छ । ३
दिने बन्दमा देशले प्रतिघन्टा १५ करोडको घाटा व्यहोर्नुपर्ने देखिन्छ ।



