Published On:Wednesday, April 8, 2015
Posted by Unknown

‘मर्ने न बाँच्ने अवस्थामा छु’

मलेसियाका जेल र क्याम्पमा बेइज्जतीपूर्ण यातना सहिरहेका नेपालीले लुकिछिपी पठाउँछन् दुःखका चिठी

२६ चैत, काठमाडौं ।‘म निकै दुःखमा छु। तपाईँलाई थाहा छ, मलाई सुगर र ब्लड प्रेसर छ।क्याम्पमा उपचार हुँदैन। अब के गर्नुपर्छ तपाईँ आफैं बुझ्न सक्नुहुन्छ। नागरिकता पप्पुसँग छ दाइसँग पठाइदिनु होला।’
मलेसियाको सिलंगोरस्थित सिमिनिया क्याम्प(घरफिर्ति केन्द्र)मा रहेका एक नेपालीले परिवारलाई लुकिछिपी पठाएको पत्रको पेट बोली हो यो। ती नेपाली अवैध रूपमा मलेसिया बसेको आरोपमा पक्राउ परी जेल सजाय काटेर घर फिर्ति केन्द्र पुगेका हुन्। मलेसियामा अध्यागमन केन्द्रलाई घरफिर्ति केन्द्र भनिन्छ। त्यही क्याम्पबाट छुटेर नेपाल फर्केका साथीको हातमा उनले यस्तो बेहोराको चिठी पठाएको खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले खबर लेखेका छन्।
सिमिनिया क्याम्पमा दर्जनौ नेपाली घर फर्कने पालो कुरेर बसेका छन्।

0 comments for " ‘मर्ने न बाँच्ने अवस्थामा छु’"

Leave a reply

    Popular Posts

    Blog Archive