Published On:Thursday, April 9, 2015
Posted by dadad
चालु आर्थिक वर्षको ८ महिनामा व्यापार घाटा ११ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा ११ दशमलव २ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ ।
यस आवको फागुनसम्म देशको व्यापार घाटा चार खर्ब ४८ अर्ब छ करोड पुगेको हो ।
परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएकाले समग्र निकासीमा नकारात्मक देखिएको हो ।
सो अवधिमा कुल निकासीमा ८ दशमलव ० प्रतिशतले ह्रास आई ५६ अर्ब ९२ करोड तथा पैठारीमा ८ दशमलव ७ प्रतिशतले वृद्धि भई पाँच खर्ब चार अर्ब ९८ करोड पुगेको छ ।
गएको आर्थिक वर्षको सोही अवधिमा निकासीको तुलनामा पैठारी ७ दशमलव ५ गुणा बढी भएकोमा चालु अवधिमा पैठारी ८ दशमलव ९ गुणाले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँचाको निर्यातमा ४.८ प्रतिशतले ह्रास आई चार अर्ब ६० करोड, तयारी पोसाकको निर्यातमा १.३ प्रतिशतले ह्रास आई तीन अर्ब ६२ करोडमा झरेको छ ।
त्यस्तै फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ७.३ प्रतिशतले ह्रास आईसात अर्ब ७५ करोडमा पुगेको छ । मुसुरोको दालमा २०.४ प्रतिशतले ह्रास आई एक अर्ब छ करोड अर्ब पुगेको छ ।
सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई पाँच खर्ब ६१ अर्ब ९० करोड पुगेको केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिनुभयो ।
सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई पाँच खर्ब ६१ अर्ब ९० करोड पुगेको छ ।
धागोको निर्यातमा भने ६.३ प्रतिशतले वृद्धि भइ चार अर्ब २८ करोड पुगेको छ ।
उक्त अवधिमा निकासी हुने प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडीबुटी प्रमुख हुन् ।
निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, बेलायत, अफगानिस्तान, टर्की, बङ्गलादेश, इटाली, फ्रान्स, जापान, क्यानडा, भियतनाम र अष्ट्रेलिया प्रमुुख देश हुन् ।
सो अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा २८.७ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६३ करोड भएको छ भने अन्तर्राष्ट्रिय बजार मूल्यमा कमी आएका कारण पेट्रोलियम पदार्थमा १४.२ प्रतिशतले कमी आएको छ । यस अवधिमा ७५ अर्ब ६५ करोड मूल्य बजारको पेट्रोलियम पदार्थको आयात भएको छ ।
त्यसैगरी यातायातका साधन र तिनका पार्टपुर्जामा २१.६ प्रतिशतले वृद्धि भई ३२ अर्ब ३८ करोड, विद्युतीय र तिनका सामग्रीमा १७.७ प्रतिशतले वृद्धि भर्ई २२ अर्ब २० करोड, औषधिमा १९.२ प्रतिशतले वृद्धि भएर रु १२ अर्ब ३७ करोड, मेसिन तथा तिनका पार्टस्मा २९.३ प्रतिशतले वृद्धि भई ३३ अर्ब ११ करोडबराबरको आयात भएको छ ।
पोलिथिन ग्रेन्युल्समा ११.८ प्रतिशतले कमी आई रु नौ अर्ब १४ करोड, कच्चा पाम आयलमा २३.१ प्रतिशतले वृद्धि भई तीन अर्ब ३० करोड, दूरसञ्चारका सामग्रीमा ३९.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३५ करोड, रसायनमा १४.५ प्रतिशतले वृद्धि भई पाँच अर्ब ८२ करोड अर्ब भएको छ ।
त्यसैगरी सिमेन्ट क्लिङ्कर पाँच अर्ब पाँच करोड, भटमासको कच्चातेल रु सात अर्ब ८८ करोड, तयारी पोसाक रु सात अर्ब ३२ करोड र २२ अर्ब ४९ करोडको अन्न र दुई अर्ब ३८ करोडबराबरको ऊन पैठारी भएको छ । रासस

.jpg)

