Published On:Thursday, April 2, 2015
Posted by my storry

केसीले १२ दिनदेखीको अनसन तोडे

१९ चैत, काठमाडौं । 
१२ दिन देखी अनसनरत डा. गोविन्द केसीले जूस पिएर अनसन तोड्नु भएको छ । 
उँहालाई शिक्षण अस्पताल बाहिर जुत्ता सिलाउने काम गर्दै आएका सप्तरीका सत्यनारायण राम र धादिङ ठूलखर्कका १० वर्षका सुवाष अधिकारीले जूस खुवाएका थिए ।
अनसन तोडेपछि डा. केसीले आफूलाई अनशनमा साथ दिने सबैलाई धन्यवाद दिनुभयो । स्वास्थ्य क्षेत्रको विकृति विरुद्धको आन्दोलन आफ्नो मात्र नभइ ३ करोड नेपालीको भएको उँहाले बताउनुभयो । 
सरकारसँग ११ बुँदे सहमति भएपछि डा. केसी अनशन बसेको १२ औं दिनमा अनशन तोड्न राजी हुनुभएको हो । 



0 comments for "केसीले १२ दिनदेखीको अनसन तोडे "

Leave a reply

    Popular Posts

    Blog Archive