Published On:Wednesday, November 12, 2014
Posted by dadad

मलेसियालाई ५३ रनले हराउँदै यू–१९ प्रिमियर क्रिकेटमा नेपालको तेस्रो जित

२६ कार्तिक, काठमाडौं । मलेसियालाई ५३ रनले पराजित गर्दै एसीसी अन्डर १९ प्रिमियर क्रिकेट प्रतियोगीतामा नेपालले तेस्रो जित दताए गरेको छ ।

४० ओभरमा पुरै विकेट गुमाएर १ सय १५ रन बनाएपछि नेपालले दिएको १ सय १६ रनको झिनो लक्षलाई पनि मलेसियाले भेट्टाउन नसकेको हो । 

मलेसियाले ३० दशमलव ४ ओेभरमा पुरै विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो । कुवेतको राजधानी कुवेत सिटीमा रहेको रंगशालामा भएको खेलमा नेपालका लागि राजु रिजालले ३९, सुनिल धमलाले १९, प्रेम तामाङले १६, दिपेन्द्रसिंह ऐरीले १२, योगेन्द्रसिंह कार्कीले ११ रन जोड्न सफल भए । 

अन्यले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । यसअघि प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्ने क्रममा नेपाली टोलीले पहिलो खेलमा साउदी अरबलाई १ सय ९५ रनले तथा दोस्रो खेलमा कुवेतलाई २ सय ६२ रनले पराजीत गरेको थियो । नेपालले अव सुक्रवार अफगानिस्तानसंग प्रतिस्प्रर्धा गर्ने छ ।  मलेसियाका लागि अनवर रहमानले ३३ रन बनाए पनि अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

0 comments for "मलेसियालाई ५३ रनले हराउँदै यू–१९ प्रिमियर क्रिकेटमा नेपालको तेस्रो जित"

Leave a reply

    Popular Posts

    Blog Archive