Published On:Wednesday, November 12, 2014
Posted by dadad
चार कर्मचारीको राजीनामा, अन्य एक दर्जनको पनि तयारी
२६ कार्तिक, मोरङ । बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन नसकेपछि जिल्ला वन कार्यालय मोरङका चार कर्मचारीले राजीनामा दिएका छन् । अन्य एक दर्जन वन रक्षकले राजीनामा दिने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयका कर्मचारीमाथि छानबिन गर्ने डरले आज राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सशस्त्र वनरक्षक शङ्करबहादुर शाह, टीका आचार्य, भवानी शङ्कर दाहाल र वकिल बराल छन् ।
उता बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन नसकेपछि कर्मचारीले राजीनामा दिएको जिल्ला वन कार्यालयका सहायक प्रमुख गणेश चौधरीले बताए । बढुवाका लागि शैक्षिक योग्यता प्रमाणपत्र पेस अनुरोध गरेबमोजिम प्रमाणपत्र पेस गर्न नसकेपछि राजीनामा दिएको उनले बताए । रासस