Published On:Wednesday, November 12, 2014
Posted by dadad
मोदीको जनकपुरे यात्राले सुरक्षा व्यवस्थामा कडाइ
जनकपुर, २६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनमा भाग लिन जनकपुर हुँदै राजधानी जाने कायक्रम तय भएपछि नगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जनकपुर पस्ने सवारी सधान एवम् सर्वसाधारणलाई कडाइका साथ जाँच गर्ने कार्य थालिएको धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदी यही मङ्सिर ९ गते जनकपुर आउने कार्यक्रम रहेको छ । मोदी जनकपुर आउने भएपछि अहिले नगर क्षेत्रमा नेपाली सेनालेसमेत गस्ती गर्न सुरु गरेको छ ।
त्यसैगरी, जिल्लाको विभिन्न व्यक्तिलाई सुरक्षा समितिले उपलब्ध गराइआएको सुरक्षाकर्मीसमेत फिर्ता बोलाई सकिएको छ । थप जनशक्तिको आवश्यकता परेपछि सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।



