Published On:Wednesday, November 12, 2014
Posted by dadad
नेपालको विजयी यात्रा जारी,मलेसिया ५३ रनले पराजित
काठमाडौं, कात्तिक २६ – नेपालले १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी यात्रा जारी राखेको छ । नेपालले बुधबार भएको तेस्रो खेलमा बलियो प्रतिद्धन्दी मलेसियालाई ५३ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १६ रनको झिनो लक्ष्य पछ्याएको मलेसियाले ३४ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अर्जुन चापागाईंले ३ तथा सुशील कंडेल र सौरभ खनालले समान २–२ विकेट लिए । यस्तै प्रेम तामाङ, दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले एक–एक विकेट लिए ।
यसअघि कुवेतको कुवेत सिटी मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४० ओभरमा सबै १० विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले ३९, सुनिल धमलाले १९, प्रेम तामाङले १६, दिपेन्द्र सिंह ऐरीले १२ तथा योगेन्द्र सिंह कार्कीले ११ रन बनाए । नेपालका अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आरिफ शेख, सुशील कंडेल र अर्जुन चापागाईंले रन नै जोड्न सकेनन् ।


