Published On:Wednesday, November 12, 2014
Posted by dadad
भुटानलाई ८–० ले हराउदै नेपालको शानदार जित
२६ कार्तिक, काठमाडौं । भुटानलाई विशाल गोल अन्तरले पराजित गर्दै पाकिस्तानमा जारी तेस्रो साफ महिला च्याम्पियासिपमा नेपालले शानदार जितको सुरुवात गरेको छ ।
बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि सजना लामा, अनु लामा र दिपा अधिकारीले समान २–२ गोल गरिन् । मेनुका गिरी र सविता भण्डारीले भने १–१ गोल गरिन् । आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्ताननसँग प्रतिष्पर्धा गर्नेछ ।



