Published On:Wednesday, November 12, 2014
Posted by dadad

एघारौँ लेखनाथ महोत्सवको तैयारी ८० प्रतिशत पूरा

२६ कार्तिक, पोखरा । यही मङ्सिर १८ देखि २९ गतेसम्म कास्की पोखराको लेखनाथ नगरपालिका भण्डारढिकमा हुने एघारौँ लेखनाथ महोत्सवको तैयारी ८० प्रतिशत पूरा भएको छ ।

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ हुने उक्त महोत्सवमा कृषि प्रदर्शनी, डेरी, खाना, अटो, हस्तकला, मेसेनरी, फुड एन्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेटका गरी ३०० स्टल राखिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र लेखनाथ उद्योग सङ्घले आज पत्रकार सम्मेलन गरेर महोत्सवको उद्देश्य स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाका साथै कृषिजन्य तथा हस्तकलाका सामान जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवम् प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु एवम् नयाँ प्रविधि तथा सिपको प्रदर्शनी र हस्तान्तरणमा सहयोग पु¥याउने रहेको बताएका छन् ।

महोत्सव थप आकर्षणका लागि राष्ट्रियस्तरका चर्चित कलाकारबाट स्टेज शो, बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिको प्रस्तुति, रीतिरिवाज झल्कने सांस्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी राखिने भएको छ ।

0 comments for "एघारौँ लेखनाथ महोत्सवको तैयारी ८० प्रतिशत पूरा"

Leave a reply

    Popular Posts

    Blog Archive