Published On:Wednesday, November 12, 2014
Posted by dadad
तीन करोड रुपैयाँको गहुँको बीउ वितरण गरिने
२६ कार्तिक, जनकपुरधाम । राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले यस वर्ष किसानलाई करिब तीन करोड रुपैयाँ बराबरको गहुँको बीउ वितरण गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा धनुषा, महोत्तरी र सार्लहीका किसानलाई तीन करोड रुपैयाँ बराबरको ७ सय २५ मेक्ट्रिक टन उन्नत जातको गहुँको बीउ वितरण गर्ने कार्यालयले जनाएको छ ।
राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड जनकपुर शाखामार्फत तीनवटै जिल्लाका किसानलाई सो मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने कार्यालयका प्रमुख रामबाबु महतोले जानकारी दिए ।
गत वर्ष ती जिल्लामा रु पाँच करोड २४ लाख बराबरको ९३५ मेट्रिक टन गहुँको बीउ बिक्री गरिएको उनले बताए । तीनवटै जिल्लामा रहेको ५० वटा अधिकृत विक्रेतामार्फत गहुँको बीउ वितरण गर्ने बताइएको छ । रासस



