Published On:Thursday, April 2, 2015
Posted by Unknown
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँले घट्यो
१९ चैत काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो ।
जसअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । त्यसैगरी, प्रतिलिटर डिजेल र मट्टितेल ८६ रुपैयाँ ५० पैसा कायम भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि भारतीय आयल निगमले घटेको रेट अनुसार आयल निगमले मूल्य समायोजन गरेर नयाँ मूल्य सार्वजनिक गरेको हो ।
निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । त्यसयता लगातार प्रतिलिटर पेट्रोलको मूल्य २५ रुपैयाँ ५० पैसा र डिजेलको तथा मट्टितेलको मूल्य १९ रुपैयाँले घटेको थियो ।
तर, गत फागुन २२ गते भने पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पहिलोपटक प्रतिलिटर एक रुपैयाँले बढेको थियो ।