Published On:Saturday, April 11, 2015
Posted by Unknown

इजरायलमा रोजगारी फेरि खुल्यो

२९ चैत, काठमाडौ ।
२९ चैत, काठमाडौ ।वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैले निशुल्क कामदार पठाउने भएको खबर आजको कान्तिपुरमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।
वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्नेछ। कामदारको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर उचाइ स्वास्थ्य तौल सबै हेरिन्छ।
नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालय पुगेको छ। इजरायलले वार्षिक १ हजार ५ सय जना लिने तयारी गरेको छ।

0 comments for "इजरायलमा रोजगारी फेरि खुल्यो"

Leave a reply

    Popular Posts

    Blog Archive