Published On:Monday, April 13, 2015
Posted by Unknown
जनता चरम निराशामा- ज्ञानेन्द्र शाह
१ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश व्याप्त राजनीतिक अस्थिरताका कारण जनता
चरम निराशामा रहेको बताएका छन्।नयाँ वर्ष २०७२ सालको अवसरमा सोमबार जारी
शुभकामना वक्तव्यमा पूर्वराजा शाहले वितेका वर्ष नेपाल र नेपालीका लागि
उत्साहप्रद नरहेको उल्लेख गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।‘सबै मिलेर, सबैमा सामान्जस्य ल्याई सबैलाई समेटेर जानुपर्ने संगीन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भइराख्नु सुखद होइन’, उनले भनेका छन्, ‘मेरो धरातलीय अनुभवमा मैले बुझेको कुरा नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, वाधा, वेदना र वितृष्णाको स्थितिमा छन्।’


