Published On:Saturday, April 11, 2015
Posted by dadad

प्रमोदको गीतले फेरियो तीन जनाको परिचय


काठमाडौं । सन्तोष श्रेष्ठ, सनम कठायत र डिबी खड्काको आफ्नै पहिचान छन् । 
सन्तोष नेपाली सुगम संगीतमा जमिरहेका संगीतकार हुन्, सनम म्युजिक भिडियोमा ब्यस्त मोडल र डिबी खड्का शुक्रवार साप्ताहिकमा आवद्ध पत्रकार । 

तर, शुक्रवार यी तिनै जनाको परिचय एकसाथ फेरिएको छ । सन्तोष मोडल बनेका छन् ।

 सनम गायक बनेका छन् भने डिबी खड्का निर्देशक । भावना कोइरालाले लेखेको, सन्तोष श्रेष्ठको संगीतर प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’मा यी तीन फरक भूमिकामा देखिएका हुन् । 

संघर्षरत गायकको कथालाई लिएर बनाइएको भिडियोमा सन्तोषले संगीतकारकै रुपमा अभिनय गरेका छन् भने मोडल सनमले गायकको भूमिकामा । उक्त म्युजिक भिडियो डिबीले निर्देशन गरेका हुन् । 

ममता धामी र पदमराज शर्माले समेत अभिनय गरको म्युजिक भिडियोलाई अहिलेका चल्तिका छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन् । 

अर्जुन पोखरेलले सम्पादान गरिरहेका छन् । डा. अजित शाहले प्रस्तुत गरेको उक्त भिडियो वैशाख १ गते सार्वजनिक हुने बताइएको छ । 

0 comments for "प्रमोदको गीतले फेरियो तीन जनाको परिचय"

Leave a reply

    Popular Posts

    Blog Archive