Published On:Friday, April 10, 2015
Posted by dadad

द्वन्द्वकालमा हत्या गरिएका मैना र सरला अझै बाकसमा

काठमाण्डु । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिकल विभागमा दुइवटा बाकस छन् । बाकसबाहिर एउटामा लेखिएको छ, मैना सुनुवार ।

अर्कोमा नाम छ, सरला सापकोटा । १५ वर्षका सुनुवार–सापकोटा द्वन्द्वकालमा  सुरक्षाफौजले पक्राउ पछि बेपत्ता बनाइएका थिए । बेपत्ता भएको वाषौँपछि मानव अधिकार आयोग र अधिकारवादी संस्थाको पहलमा सुरक्षाकर्मीले गाडेको ठाउँबाट उनीहरुको शव निकालिएको थियो ।
तत्कालीन शाही नेपाली सेनाले २०६० फागुन ५ गते सुनुवारलाई घरबाट सोधपुछका लागि भन्दै पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेको थियो । उनकी आमा देवी सुनुवार र अधिकारवादी खोजतलास गर्दा सुनुवारलाई सेनाले हत्या गरेर गाडेको खुल्न आएको थियो ।
२०६३ चैत ९ गते राष्ट्रिय मानवअधिकार आयोगको अगुवाइमा महाराजगन्ज अस्पतालका फरेन्सिक एक्पर्ट डा. हरिहर वस्ती सहितको टोलीले शव उत्खनन् गरेको थियो । उत्खननपछि पोस्टमार्टम गर्दा सुनुवारलाई तीनवटा गोली पछाडिबाट लागेको पाइएको थियो ।
कान्तिपुर दैनिकबाट

0 comments for "द्वन्द्वकालमा हत्या गरिएका मैना र सरला अझै बाकसमा"

Leave a reply

    Popular Posts

    Blog Archive