Published On:Thursday, April 2, 2015
Posted by dadad

सिभिल हस्पिटलबाट सागरको अपिल,– ‘क्रिपया मलाई बचाईदिनुस् !’

काठमाडौं । सुन्दर भविश्यको परिकल्पना सँगै यो मानविय सागर काठमाडौंमा प्रवेश गरेको केही वर्षमै उनीमाथि महाभारत आई लाग्यो ।

सबैसँग मिठो बोल्ने, खुल्ला मन र सहनशिल व्यवहार भएका सिन्धुली बाहुन तिल्तुङ–१ का सागर मगर २० वषको उमेरमै अहिले अस्पतालको सैयामा छटपटाईरहनुपरेको छ ।

उनलाई यसरी अपत्यारिलो तरिकाले ब्लड क्यान्सर होला र अस्पतालमा छटपटाउनुपर्ने अवस्थामा पुग्नुपर्ला भन्नेमा कसैलाई पनि लागेको थिएन ।

खाईलाग्दो शरिर, कुनै रोग नै नभएको जस्तो, तन्दुरुस्त देखिने, पत्याउनु पो कसोरी ? मेडिकल चेकपछि मात्रै थाहा भयो, उनी ब्लड क्यान्सले पीडित छन् भन्ने । स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा पनि उनी तन्दुरुस्त नै भएझैँ ठमठम हिडेरै गएका थिए ।

परीक्षणपछि थाहा भयो, उसको शरिरमा ब्लड क्यान्सर रहेछ भन्ने । कम बोल्ने तर ठिक बोल्ने सागर मगरको बचाउ अभियानमा अहिले नेपालीमाटोको जुटेको छ ।

परेको समयमा जोकोहिलाई पनि आफ्नो सहयोग बाँड्न पछि नपर्ने सागरको सहयोगका लागि उनका आफन्तले विभिन्न निकायसँग हारगुहार मागिरहेका छन् । 

अस्पतालले रोग निको हुन २५ लाख रुपैयाँ लाग्छ भनेको छ । उनको परिवारले अहिलेसम्म २ लाख रुपैयाँ भन्दा बढि खर्च गरिसक्यो । सास रहनुजेल आश रहने भएकाले उनी आफैँ पनि आफन्तहरुको सहयोगमा सहयोगका लागि काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलबाट बचाउको अपिल गरिरहेका छन् ।

घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि बिचैमा पढाई छाडेर आफ्नो पसिना बगाएर परिवारका लागि भन्दै उनी केही वर्ष अघि काठमाडौं प्रवेश गरेका हुन् । २-४ रुपैयाँ कमाउँला अनि परिवारमा हर्ष बर्षाउँला भन्ने सपना बोकेर काठमाडौं छिरेका मगरको बाँच्ने आशा भने अथक छ ।

नेपाली माटोमै परिश्रमको सागर बगाएर देश र समाजमा आफु ऐना बनेर देखाउने उनको लक्ष्यलाई तपाई हाम्रो सानो सहयोगले पनि साकार बनाउन सक्छ । निरन्तर ६ महिनासम्म अस्पतालमै बसेर ओषधी सेवन गर्नुपर्ने डाक्टरको सल्लाह छ ।
सागरका बुबा नन्दबहादुर मगर र आमा सिता मगरको कोखबाट आज भन्दा २० वर्ष पहिले उनको जन्म भएको हो ।

तपाई जस्ता खुल्ला दिल भएकाहरुले सागरको जीवन बचाउ अभियानमा सहयोग गरिदिने हो भने, देशले मागेको एउटा युवा शक्ति बचाउन सक्न्थ्यिो । 

हाम्रा केही रकम त, हराएर पनि जान्छ । तर सागर जस्ता हजारौँ सागरहरुाको बचाउका लागि आर्थिक वा कुनै सहयोग गर्ने हो भने समाज र देशले एउटा कुशल सपुत बचाउनेछ । 

सागर बचाउ अभियानका लागि सहयोग गर्न चाहनुहुनेहरुले ९८६०१३५०१९ अथवा नेपालीमाटोमा सिधै सम्पर्क गरेर आफ्नो सहयोगका बारेमा जानकारी दिन ९८५१२०३३२१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

0 comments for "सिभिल हस्पिटलबाट सागरको अपिल,– ‘क्रिपया मलाई बचाईदिनुस् !’ "

Leave a reply

    Popular Posts

    Blog Archive