Published On:Friday, April 3, 2015
Posted by Unknown

विद्युत् चोर्ने फार्म सञ्चालकले प्राधिकरणका कर्मचारीलाई बन्धक बनाए -

२१ चैत, काठमाडौं । चोरी गरिरहेको बिजुलीको लाइन काट्न गएका नेपाल बिद्युत प्राधिकरणका कर्मचारीलाई चोरी गर्ने समूहले तीन घन्टासम्म बन्धक बनाएको छ । विद्युत चोरी गरेको सूचना आएपछि काभ्रेको पातलेखेत पुगेका नेपाल बिद्युत् प्राधिकरणका नौजना कर्मचारीलाई फार्म सञ्चालकले तीन घन्टा अपहरणशैलीमा नियन्त्रणमा लिएर बन्धक बनाएका हुन् ।

सरकारले कर्मचारी बन्धक बनेको थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी निरीक्षक नेतृत्वको कमान्डो फोर्सले बिद्युत् कर्मचारीलाई मुक्त बनाएको छ । एक साताअघि मात्रै उद्घाटन गरिएको १५ करोडको फार्मले चोरीको बिजुली प्रयोग गरेको सूचनाका आधारमा पुगेको टोलीमाथि गुरिल्ला शैलीमा गेटभित्र     लगेर बन्धक बनाएको कर्मचारीहरुले बताएको राजधानी तथा नेपाल समाचारपत्रमा खबर छ ।

जिल्लाकै नमूना र्फम भन्दै अघिल्लो साता मुख्य सचिव लीलामणि पौडेलले उद्घाटन गरेको गौतमश्री अर्गानिक एन्ड काउ फार्मले स्थापनाकालदेखि नै विद्युत चोरी गरेको पाइएको थियो ।

फार्मका म्यानेजर प्रेम लामा र प्रोपाइटर अर्जुनबहादुर गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments for "विद्युत् चोर्ने फार्म सञ्चालकले प्राधिकरणका कर्मचारीलाई बन्धक बनाए -"

Leave a reply

    Popular Posts

    Blog Archive